संस्थागत भ्रष्टाचार बढ्यो, सरकारले चासो देखाएन : शाह


प्रकाशित मिति : माघ ११, २०७६ शनिबार

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले मुलुकमा संस्थागत भ्रष्टाचार बढ्दै गएपनि सरकारले नियन्त्रणमा कुनै चासो नदेखाएको बताएका छन् । उनले राज्य नै संस्थागत भ्रष्टाचारमा लाग्दा भयावह अवस्था आउन लागेको चेतावनी दिए । उनले भने- ‘देशमा संस्थागत भ्रष्टाचारले सीमा नाघ्यो, सरकारले कुनैपनि चासो देखाएन् । यस्तै हो भने , भयावह अवस्था आउन सक्छ ।’

रिपोर्टर्स क्लव प्रदेश ५ ले शुक्रबार बुटवलमा आयोजना गरको साक्षात्कारमा बोल्दै उनले सरकारले भ्रष्टाचार कम गर्ने नारा मात्रै भट्टाउने तर व्यबहारमा त्यसको उल्टो भैरहेको तर्क गरे । शाहले आफ्नो समितिले बेरुजु फस्यौर्टको काम गरिरहेको भन्दै नेपालमा अहिलेपनि ७ खर्ब बेरुजु रहेको बताए । ‘हामी प्रहरी,अख्तियार होइनौं,कारबाहि गर्न पनि हामीले मिल्दैन तर कहा अनियमितता भएको छ खोज्छौं यथार्थ तथ्य सहित कारबाहिका लागि सिफारिस गर्छाै ।’ उनले भने । अदालत, वाइडबढी, एनसेल, गोकर्ण, बालुवाटार लगायतका काण्डमा छानबिन भैरहेको र कतिपय काण्डमा आफुहरुले गरेको निश्कर्ष नै अन्तिम भएको बताए । शाहले समय आएपछि सबै कुरा दुधको दुध र पानीको पानी हुने कुरामा आफु विश्वस्त रहेको बताए । उनले भने- ‘अहिले हामी डाटा कलेक्सनमा छौ त्यो काम सकेर चाडै सम्पुर्ण विवरण तथ्यसहित सार्वजनिक गर्नेछौ । ’

कांग्रेस नेता शाहले संविधान अनुसार सभामुख वा उप- सभामुख फरक फक दल र लिंगको हुनुपर्ने हो यो पटक सत्ताधारीको नैतिमता लोकतन्त्र हेर्नुपर्ने बताए । सूचना प्रविधि विधयेक संविधान विपरित र लोकतान्त्रिक व्यवस्थाको खिलाफ ,मानव अधिकार विरोभी भएकाले कांग्रेसले पास गर्न नदिने उनको भनाइ छ । फरक प्रशंगमा शाहले प्रदेश ५ को स्थायी राजधानीको अहिलेकै ठाँउमा हुने दाबि गरे । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्री अध्यक्षता र कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com