कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १३ गते


प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक आगामी १३ गते बस्ने भएको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक सोमबार दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन् ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com