यस्तो छ आगामी ३ दिनको मौमस पूर्वानुमान


प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । बदली भएरै देशैभरि मौसम धुम्म हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय रेखा अझै रहेका कारण देशभर बदली भएको हो । अहिले यो रेखाले पानी पार्ने सम्भावना एकदमै कम भए पनि आगामी ३ दिनसम्म देशभर मौसम खुल्ने सम्भावना पनि नदेखिएको बताइएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली नभै रेखा मात्रै रहेको कारण पानी पर्ने सम्भावना क्षीण रहेको हो । तर घाम भने नलाग्ने र मौसम धुम्म नै भइरहने हुन्छ । तर सीमित स्थानमा हल्का क्षणिक वर्षा हुन पनि सक्ने बताइएको छ । मौसम बदलीका कारण दिनभर घाम नलाग्ने भएकाले अधिकतम तापक्रम घटेर जाडो बढ्नेछ । काठमाडौं उपत्यकामा पनि अहिले मौसम बदली छ । मौसमविद्हरुका अनुसार पानी पर्ने सम्भावना भने छैन । तर दिनभर घाम पनि नलाग्ने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com