अमेरिकाले भिसा दिन अस्वीकार गरेका अग्नी सापकोटामाथि एमसीसी अनुदान पारित गराउने जिम्मा


प्रकाशित मिति : माघ ६, २०७६ सोमबार

अमेरिकाले भिसा दिन अस्वीकार गरेका अग्नी सापकोटामाथि एमसीसी अनुदान पारित गराउने जिम्मा आउने देखिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपापार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखमा सापकोटालाई अघि सार्ने सहमति भएपछि एमसीसीको प्रसंगले पनि चर्चा पाएको छ ।

सन् २०१० को जुन २६ मा अमेरिकाले अग्नी सापकोटालाई भिसा दिन अस्वीकार गरेको थियो । सन् २००५ मा भएको भनिएको एउटा गैरन्यायायिक हत्याको अभियोग खेपिरहेका सापकोटालाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि एउटा कार्यक्रममा भाग लिन भनेर अमेरिका आएका नेताहरु पनि पार्टीको निर्देशनपछि उक्त कार्यक्रममा भाग नलिई न्युयोर्कबाटै फर्केका थिए । उनीहरु बोस्टनमा हुने एउटा कार्यक्रममा भाग लिनका लागि आउँदै थिए ।

सन् २०१० को फरबरीमा अष्ट्रेलियाले पनि सापकोटालाई भिसा दिन अस्वीकार गरेको थियो । सापकोटाको विषयलाई मानवअधिकारवादीहरुले पनि लामो समयदेखि चर्चाको विषय बनाउँदै आएका छन् । पूर्वमाओवादी नेता सापकोटा नेकपाका स्थायी समिति सदस्य हुन्।

सापकोटाले एमसीसी अनुदानबारे पार्टीले सचिवालयबाट निर्णय गर्ने भनेको र त्यो राष्ट्रिय बहसमा रहेको बताउँदै एउटा निष्कर्षमा पुगिने बताएका छन् । तर उनी अहिलेले एमसीसीको पक्ष वा विपक्षमा भने बोलेका छैनन् ।

सापकोटाले सभामुखका रुपमा आफूलाई अगाडि सार्दा एमसीसीको प्रसङ्ग नउठेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com