हलिउडदेखि जेलसम्म : सन् २०१९ मा पक्राउ परेका टपटेन सेलिब्रेटी


प्रकाशित मिति : माघ ५, २०७६ आईतबार

कानुनभन्दा माथि कोही पनि हुँदैन । चाहे उच्चपदस्थ होउन् वा सेलिब्रेटी, सबैले कानुनको पालना गर्नुपर्छ । यो बर्ष हलिउडमा २७ बर्षदेखि ८१ बर्षसम्मका सेलिब्रेटीहरु कानुन उल्लंघन गरेको अभियोगमा समाचारको हेडलाइनमा रहे ।

एसप रकी र उनको टिमले स्टकहोमको स्ट्रीटमा मान्छेमाथि आक्रमण गरेको अभियोग लगाइएको थियो । यो घटनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको र न्युयोर्कका सांसदहरुको समेत ध्यानाकर्षण गरेको थियो । उनीहरुले स्वीडेनमा पक्रउ परेका ती कलाकारलाई रिहा गर्न माग गरेका थिए । झण्डै एकमहिना जेलमा राखेर उनलाई १३ सय डलर जरिवानासहित रिहा गरिएको थियो ।

दुईजना धनी टिभी स्टारहरु फैलिसिटी हफम्यान र लोरी लफलिन आफ्ना बच्चालाई ठूलो कलेजमा भर्ना गराउन घुस र आर्थिक लेनदेनको धन्दा गरेको अभियोगमा पक्राउ परे । हफम्यानलाई ११ दिन जेलमा राखियो भने उनले आफ्नो छोरीको स्याट स्कोर बढाउन १५ हजार डलर घुस दिएको स्वीकार गरिन् । त्यस्तै लफलिन र उनका पतिलाई आफ्ना छुई छोरीहरु राम्रो विश्वविद्यालयमा पढाउन ५ लाख डलर घुस दिएको अभियोग थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चर्चित कलाकार साम हन्ट गत महिना जेल परे । टेनिसीमा मादक पदार्थ सेवन गरेर गलतबाटोमा गाडी चलाइरहेका बेला उनी पक्राउ परेका थिए । ३४ बर्षका गायक तथा संगीतकार हन्टले पछि सार्वजनिक रुपमा समेत माफी मागेका थिए ।

कलाकार जस्सी स्मोललेटले सन् २०१९ को सुरुतिर एउटा हल्ला फैलाए । गत जनवरीमा अश्वेत र समलिंगी यी ३७ बर्षका कलाकारले आफूमाथि आक्रमण भएको, लैंगिक गालिगलौज भएको र उनको घाँटीमा डोरी राखिएको बताए । तर पछि उनले यो हल्ला केवल चर्चा कमाउनका लागि गरेको प्रमाणित भयो । त्यसपछि प्रहरीले उनलाई पक्राउ मात्र गरेन, उनले चलाएको हल्लाको अनुसन्धानका लागि खर्च भएको १ लाख ३० हजार डलरको क्षतिपूर्ति समेत भरायो ।

कलाकार बम मारगारा लस एन्जलसको सुविधासम्पन्न होटलमा अनाधिकृत रुपमा घुसेको अभियोगमा प्रहरीको फन्दामा परे । उनी होटलको लवीमा गएर धोका दिने दम्पत्तिको जासुसीका लागि कसैलाई काममा राख्नेबारे कुरा गरेको भिडियो सार्वजनिक भएको थियो ।

अर्का कलाकार आर केली बालबालिकामाथिको यौन दुब्र्यबहारको अभियोगमा पक्राउ परे । गत फरबरीमा शिकागोको प्रहरीले उनलाई कम्तीमा ४ जना १३ बर्ष मुनीका बालबालिकामाथि यौन दुब्र्यबहार गरेको अभियोगमा पक्राउ गरेको थियो । पछि न्युयोर्कको संघीय अभियोजन कर्ताले बालबालिकामाथि दुब्र्यबहार गरेपछि बाबुआमालाई रकम तिरेको अभियोग ती कलाकारमाथि लगाएका थिए ।

ओस्कार विजेता कलाकार जेन फोण्डा अक्टोबरदेखि यता कम्तीमा ४ पटक पक्राउ परिन् । तर उनीभने जलवायु परिवर्तनका सन्दर्भमा गरिएको प्रदर्शनका क्रममा पक्राउ परेकी हुन् । उनलाई एकरात त जेलभित्रै पनि राखियो । उनले प्रदर्शनका क्रममा नियमहरु तोडेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

ग्रामी अवार्डको नोमिनेशनमा परेका कलाकार २१ साभेज अध्यागमनको फन्दामा परे । उनी अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरेको भन्दै अध्यागमनले पक्राउ गरेर ९ दिनसम्म हिराशतमा राखेको थियो । पछि उनको मुद्दा अदालतमा चल्नेगरी रिहा गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com