न्युयोर्कमा हिमपात, तापक्रम माइनस (फोटो फिचर )


प्रकाशित मिति : माघ ४, २०७६ शनिबार

न्युयोर्कमा आज हिमपात भएको छ । हिमपात हुनु अगाडिसम्म न्युयोर्कको तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झरेको थियो ।

दिउसो १ बजेदेखि हिमपात सुरु भएकोमा कतिपय स्थानमा राती ८ बजेसम्म हिमपात हुने जनाइएको छ । त्यसपछि बरफ मिसिएको वर्षा हुने अनुमान गरिएको छ ।

शनिवार विहान १० बजेदेखि आइतवार दिउसो १ बजेसम्मका लागि राष्ट्रिय मौषम सेवाले एड्भाइजरी जारी गरेको छ । न्युयोर्क र न्युजर्सीमा २ देखि ५ इन्चसम्म हिमपात हुने भन्दै आज सकभर सार्वजनिक यातायातमा चढ्न सुझाव दिइएको छ ।

सडकहरु चिप्ला भएकाले बाटोमा हिड्दा र गाडी चलाउँदा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ । शनिबारका लागि न्युयोर्कमा अल्टरनेट साइड पार्किंग नियम खारेज गरिएको छ तर मिटरको नियम भने कायम नै रहनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा हिमपात भइरहँदा प्रधानसम्पादक किशोर पन्थीले कोरोनामा खिचेको केही तस्वीर ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com