अस्ट्रेलियामा वर्षा : आगलागी प्रभावितलाई राहत


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

अस्ट्रेलियाको जङ्गलमा लागेको आगोलाई लिएर पूरै विश्वमा आवाज उठिरहेको छ । सामाजिक सञ्जालमा ह्यासट्याग अस्ट्रेलियाका लागि प्रार्थना (#prayforaustralia) ट्रेण्ड चलिरहेको छ । विश्वभरिका मानिसले अस्ट्रेलियाको जङ्गलमा लागेको आगो रोकियोस् भनेर प्रार्थना गरिरहेका छन् । यसैबीच सोमबार वर्षा भएपछि मानिसहरुले केही राहत महसुस गरका छन् । वर्षापछि तापक्रम केही घटेको छ ।

आगलागीका कारण झण्डै ५० करोड जीवजन्तु र पशुपंक्षी जलेर नष्ट भइसकेका छन् । गएको सेप्टेम्बरबाट सुरु भएको आगलागीले अहिलेसम्म कम्तीमा २४ जनाको ज्यान लिइसकेको छ भने झण्डै ५० लाख हेक्टरमा लगाइएको अन्नबाली पनि नष्ट भइसकेको छ । आगलागीका कारण न्यु साउथ वेल्स राज्यका दुई जना अझै बेपत्ता छन् । आगलागी झन् भीषण बन्दै गइरहेको छ । झण्डै दुई हजार घर जलेर खरानी भइसके । सोमबार अस्ट्रेलियाको राजधानी क्यानबेराको हावाको गुणस्तर विश्वका सबै ठूला शहरमध्ये सबैभन्दा खराब देखाएको थियो । अस्ट्रेलियाको गृह मन्त्रालयले आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न निर्देशन दिएको थियो ।

न्यु साउथ वेल्स ग्रामीण अग्नी सेवाका कमिस्नर शेन फिट्जसिमन्सले वर्षाका कारण अग्निशमन विभाग, आपतकालीन सेवाकर्मी र आगलागीबाट प्रभावित मानिसहरुमा राहत भएको बताए । तर यसले आगो नियन्त्रणमा लिन रणनीतिक र प्राविधिक हिसाबमा चुनौती पनि भएको छ । न्यु साउथ वेल्सका प्रिमियर ग्लेडिस बेरेजिकेलियनले यही दौरान दुई जना मानिस बेपत्ता भएको बताए । आगलागीलाई लिएर अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले निकै आलोचना भोग्दै आइरहेका छन् । देशमा आगो लागिरहँदा उनी सपरिवार छुट्टी मनाउन विदेश गएका थिए । निकै आलोचना भएपछि उनले पछि माफी पनि मागेका थिए । यही कारण प्रधानमन्त्री मोरिसनले भारत भ्रमण पनि रद्द गर्नुपरेको थियो । प्रधानमन्त्री मोरिसनले आगलागीबाट प्रभावितका लागि नेशनल बुशफायर एजेन्सीमार्फत दुई अर्ब अस्ट्रेलियाली डलर बराबर खर्च गर्ने बताएका छन् । –एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com