आर्थिक समृद्धि मुलुकको मुख्य एजेण्डाः प्रधानमन्त्री प्रचण्ड


प्रकाशित मिति : चैत्र ३, २०७३ बिहीबार

काठमाडौं ३ चैत्र । प्रधानमन्त्री प्रचण्डले स्थानिय तहको निर्वाचनमा सरकारले निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको बताउनु भएको छ ।

छैटौ नेपाल अन्तराष्ट्रिय ब्यापार मेलाको राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक सम्बृद्धि मुलुकको मुख्य एजेण्डा भएको भन्दै त्यसतर्फ ईमान्दारिता पूर्वक लागेमा छोटो समयमै प्राप्त गर्न सक्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले स्थानिय निकायको निर्वाचन आर्थिक सम्बृद्धिको मूल ढोका भएको भन्दै निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रध्ँँनमन्त्री प्रचण्डले औद्योगीक ब्यापार मेला र महोत्स्ँवले आर्थिक सम्बन्ध प्रगँढ बनाउनुका साथै विश्व बजारमा नेपाली बस्तुको प्रबद्र्धन गर्ने बताउनुभएको छ । उहांले मेला तथा प्रर्बधनका लागि सरकारले आज बस्ने मन्त्री परिषद बैठकबाटै  मेला तथा प्रदर्शनी स्थलको नीतिगत निर्णय गरिने बताउनुभयो ।

उहाले नीतिगत निर्णय गरी सरकार निजी क्षेत्रसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । चार दिनसम्म चल्ने मेलामा नेपाल, चीन, बंगलादेश, थाइल्याण्ड र पाकिस्तानका ब्यारीहरुको स्टल राखिएको छ भने मेलामा १५ करोड बराबरको आर्थिक कारोबार हुने नेपाल उद्योग बाणिज्य महासंघले अपेक्षा गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com