१३औं साग: फुटबलमा नेपालले जित्यो स्वर्ण
प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार

१३औं सागको दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा पनि दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो ।पुरुष फुटबलको फाइनलमा भुटानविरुद्ध दोस्रो गोल गरेसँगै नेपाली फुटबलरहरूले सेल्फी खिचेर खुशियाली मनाएका छन् ।
दर्शकले दिएको मोवाइल लिँदै खेलाडी बिक्रम लामाले गोलकर्ता सुनील बललाई बीचमा राखेर सेल्फी खिचेका हुन् । गोलकर्ता सुनील बलले जर्सी फुकालेर गोलको खुशियाली मनाएका थिए ।
शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेन । खेलमा नेपालले गोल गर्ने आकर्षक अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।