नेपाली रक्तदाताको सम्मानमा अमेरिकी टाउनले घोषणा गर्यो ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’


प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार

१७२ पटक रक्तदान गरिसकेका नेपाली रक्तदाता अर्जुन मैनालीको सम्मानमा अमेरिकी टाउनले विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा गरेको छ । न्युयोर्कको ओएस्टर बे टाउनले सन् २०१९ डिसेम्बर २२ लाई अर्जुन मैनाली दिवस घोषणा गरेको हो ।

सन् १८१८ को डिसेम्बर २२ मा पहिलोपटक मानवमा रक्त प्रत्यारोपण गरिएको इतिहास रहेको छ । त्यही इतिहासलाई मध्यनजर गरेर आगामी डिसेम्बर २२ लाई विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा गरिएको टाउन अफ ओएस्टर बेले जनाएको छ ।

ओएस्टर बे न्युयोर्कको नासु काउन्टीको तीनवटामध्ये एउटा टाउन हो । यो टाउन न्युयोर्कको महानगरीय क्षेत्रभित्रै पर्छ, जहाँको जनसंख्या झण्डै ४ लाख रहेको छ । ओएस्टर बे टाउनका तर्फबाट मैनालीलाई एक घोषणासमेत हस्तान्तरण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको हिक्सभिलमा बस्दै आएका मैनालीले ३२ बर्षको अवधिमा १७२ पटक रक्तदान गरिसकेका छन् । उनले पहिलोपटक सन् १९८७ को अगस्त २० मा पहिलोपटक रक्तदान गरेका थिए । त्यो यता विभिन्न ६ महादेशका १७ देश र अमेरिकामा १४ राज्यमा पुगेर रक्तदान गरिसकेका छन् ।

अमेरिकामा सन् २००८ देखि नै मैनालीले नेपाली र अन्य समुदायलाई रक्तदानका लागि प्रोत्साहन गर्दै आएका छन् । न्युयोर्कको समुदायमामात्र हरेक दिन २ हजार रक्तदान आवश्यक भएको सन्दर्भमा मैनालीको सत्कर्मको सम्मानमा अर्जुन मैनाली दिवस घोषणा गरिएको हो ।

टाउन अफ ओएस्टर बेका तर्फबाट आज विशेष समारोहकाबीच उक्त घोषणा मैनालीलाई हस्तान्तरण गरिएको छ । उक्त टाउनका सुपरभाइजर जोसेफ सालाडिनोले उक्त घोषण मैनालीलाई हस्तान्तरण गरेका हुन् जसमा सुपरभाइजरका साथमा ६ जना काउन्सिलम्यान र काउन्सिलवुमनहरुले हस्ताक्षर गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com