साथीको विवाहमा प्याज उपहार
प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार

भारतको तमिलनाडु राज्यस्थित कुड्डालोरमा भएको एक विवाह समारोहमा नव दाम्पतीलाई साढे दुई किलो प्याज उपहार दिइएको छ । विवाह समारोहमा नव दाम्पती शाहुल र सबरिनाको जोडीलाई उनका साथीहरूले प्याज उपहार दिएका हुन् । यस राज्यमा प्याजको मूल्य दुई सय भारू (३२० रूपैयाँ) प्रतिकिलो रहेको छ ।
शाहुलले ६ जना साथीहरूले आफूलाई प्याज उपहार दिएको बताएका छन् । प्याज उपहार दिएपछि चेतनले भने, ‘विवाह समारोहमा शाहुलले प्याज मिसाएको बिरयानी खुवाउने तयार गरेका थिए । जसले गर्दा हामीले प्याज उपहार दिएका हौँ ।’
‘साथीको विवाहअघिसम्म प्याजको मूल्य प्रतिकिलो एक सय ९५ भारू रहेको थियो,’ चेतनले भने, ‘योभन्दा महंगो केही हुन नसक्ने भएकाले हामीले प्याज उपहार दिने निर्णय गरौँ ।’ उनीहरूले साढे दुई किलो प्याज पाँच सय भारू (८ सय रूपैयाँ)मा खरिद गरेका थिए ।/ एजेन्सी