अमेरिकामा नेपालीसहित झण्डै ७ लाख वेरोजगारको ‘फुड स्ट्याम्प’ खाद्य सुविधा खारेज गरिदै

आगामी अप्रिल १ देखि अमेरिकी सरकारले वेरोजगारहरुलाई खाद्य सुविधाका लागि दिने फुड स्ट्याम्प कार्यक्रममा नयाँ नियम ल्याउने भएको छ । अमेरिकी सरकारको कृषि मन्त्रालयले फुड स्ट्याम्पका लागि योग्य हुनका लागि नयाँ मापदण्ड तय गरेको हो ।

नयाँ नियमबाट १८ देखि ४९ बर्षबीचका व्यक्तिहरु प्रभावित हुनेछन् । उनीहरु अब फुडस्ट्याम्पका लागि योग्य हुन विगत ३६ महिनाको अवधिमा तीन महिनाभन्दा बढी समय हप्तामा २० घण्टाभन्दा बढी काम गरेको हुनुपर्नेछ । तर उच्च वेरोजगार दर भएको क्षेत्रमा रहेकाहरुले भने छुट पाउन सक्नेछन् ।

अमेरिकी सरकारको कृषि मन्त्रालयका अनुशार नयाँ नियम लागु भएपछि झण्डै ६ लाख ८० हजारको फुड स्ट्याम्प सुविधा खारेज हुनेछ । तर नयाँ नियमबाट झण्डै साढे ७ लाख प्रभावित हुने अनुमान गरिएको छ ।

Loading...

नयाँ नियमले अमेरिकी सरकारको बार्षिक साढे ५ बिलियन डलर बचत हुने अनुमान गरिएको छ । नयाँ नियमपछि न्युयोर्कमामात्र ८४ हजारले यो सुविधा गुमाउने अनुमान गरिएको छ ।

नयाँ नियमका कारण क्यालिफोर्नियामा झण्डै ३ लाखले, इलिनोयमा झण्डै १ लाख ७८ हजारले, टेनेसीमा ६९ हजारले, मिसिगनमा ७ हजारले सुविधा गुमाउने अनुमान गरिएको छ । अमेरिकामा कैयनले कामै नगरी सरकारी खाद्य सुविधा लिने वा कतिपयले नगदमा काम गरेर वेरोजगार रहेको देखाउदै यो सुविधा लिने क्रम बढेपछि सरकारले नयाँ नियम ल्याएको हो ।

अमेरिकामा कैयन नेपालीहरुले यो सुविधा लिदै आएका छन् । फुड स्ट्याम्प लिनेमा अमेरिकामा नेपालबाट ल्याइएका भुटानी शरणार्थीहरुको संख्या पनि उल्लेख्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...