शहरभित्र पसेका श्रीमतीहरु !
प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार

देशभित्र ग्रामिण अर्थतन्त्र धरासायी बन्दै गएको छ । बढ्दो शहरीकरणले औद्योगिकरण ल्याउनुको सट्टा उपभोग केन्द्रित मात्र बनाएको छ । रोजगारी नपाउँदा युवाहरु विदेशिन बाध्य भएका छन् । यसले एकातिर परिवारको संरचनालाई भत्काइदिएको छ ।
परिवारभित्र उपभोक्तावादी संस्कृति मौलाइरहेको छ । शहरभित्र पसेका श्रीमतीहरु उपभोगवादी सँस्कृतिको शिकार बनिरहेका छन् । खाली दिमाग शैतानको घर भने झैँ श्रीमानले पठाएको रेमिट्यान्सले परिवार बनाउनु भन्दा बिगार्नेतिर उन्मुख गराइरहेको छ ।
बच्चाहरु सानैदेखि मोबाइल र कम्प्युटरमा भिडियो गेममा लिप्त, बयस्क हुँदै गएपछि मदिरा, लागू पदार्थ खानमा लिप्त भैरहेछन् । त्यसमाथि पढेता पनि काम नपाउँदा तिनीहरु हिंस्रक बन्न बेर हुन्न ।
जब बलात्कारको घटना हुन्छ तब विचौलियाहरु मेलमिलापको नाममा बीचमा बसी दुवैबाट पैसा खान्छन् । यसरी पठाएको रेमिट्यान्सले उत्पादन क्षेत्र पाउँदैन, लगानी गर्न पाउँदैन ।
तब त्यही पैसा विलासितामा खर्च हुन जान्छ । जुवातास, रक्सी, लागू पदार्थ, यौन उत्तेजक संस्कृति आदिमा । बेरोजगारले हिनताबोध जन्माउँछ । आत्मसम्मान गुम्न पुग्छ र आक्रोस निम्त्याउँछ । रक्सी, मदिरा, लागू पदार्थ, अश्लिल फिल्म, गीतनाँचले मान्छेलाई जनावर बनाइदिन्छ ।
यतिखेर धेरैजसो राजनीतिक पार्टीका नेताहरुले अहिले नेपालको चरण आर्थिका विकासको चरण भनिरहदाँ उत्पादक शक्ति जन्माउने र आफैँ पनि उत्पादन शक्तिको श्रोत महिलाहरु बलात्कृ‘त भइरहेकोछ ।
महिलाको लिंग पहिचान पश्चात भ्रुण हत्या भइरहेको छ । त्रास र आशका साथ बाल विवाह बढ्दै गैरहेको छ । बढ्दो बेरोजगारीले दाइजो प्रथा बढ्द,ै विवाह र अनमेल विवाहको साथै घरेलु हिंसा बढ्दै गैरहेको छ । यो कहिले सम्म चल्न दिने ?