भैरहवा मेडिकल कलेज मानवसाङ्लोमा घेरियो !


प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले मानवसाङ्लो बनाई कलेज परिसर घेराबन्दी गरेका छन् । आज प्रथम वर्षको बोर्ड परीक्षा सुरु भएकै दिनबाट उनीहरूले परीक्षालाई पुर्ण बहिष्कार गर्दै ‘पेन डाउन’ सम्मको आन्दोलन गरेर कलेज परिसरमा घेराबन्दी गरेका हुन् ।

मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका मागहरू राख्दै विगत ३४ दिनदेखि विद्यार्थीहरु आन्दोलनरत छन् । साथै रिले अनसन बस्न लागेको पनि २० औं दिन पूरा भैसकेको छ ।

बुधबार मात्रै एक अपिल जारी गर्दै कलेजले सेतो एप्रोन लगाएका विद्यार्थीहरुलाई आन्दोलन गर्नु शोभनीय नभएको र “Life Year Loss” अर्थात जीवनको महत्त्वपूर्ण वर्ष गुमाउन लागेको भन्दै चेतावनीमुलक अपिल गरेको थियो । यतिमात्र नभएर सबै विद्यार्थीका अभिभावकहरुलाई व्यक्तिगत फोन गर्दै डर, त्रास, धम्की दिनेदेखि प्रलोभन देखाएर आन्दोलन स्थगित गर्न भन्दै दबाब दिइरहेकाे एक विद्यार्थीले नाम नखोल्ने सर्तमा बताए ।

‘विद्यार्थीलाई सबै साम, दाम, दण्ड भेद लगाएर आन्दोलन निस्तेज पार्न प्रशासन लागिपरेको छ, तर हामी सबै विद्यार्थीको एउटै माग छ- अतिरिक्त शुल्क सबैको फिर्ता गर,’ उनले भने मेडिकल कलेजहरुले लिने गरेको अतिरिक्त शुल्कका विषयलाई लिएर मन्त्रिपरिषद्ले समेत सुचना निकालेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही दिनअगाडि गत आर्थिक वर्ष र अहिलेको पैसा फिर्ता गर्न भन्दै बिडिएस र एमबिबिएसका विद्यार्थीलाई मात्रै लक्षित गरेर सूचना पठाए पनि त्यसमा विद्यार्थी सन्तुष्ट छैनन्, त्रिपक्षीय छलफल नभैइ, मेडिकल काउन्सिल र सरकारका स्वार्थअनुकुल हुने गरी निर्णय भएको र विद्यार्थीको हितअनुकुल नभएको भन्दै निर्णय प्रति नै जलाएर बिरोध गरेका थिए ।

केही समय अगाडिदेखि अवैध रकम असुलेका कलेजहरुलाई रकम फिर्ता गर्न सरकारले निर्देशन दिए पनि कलेजहरुले आनाकानी गर्दै आएका छन् । फरक-फरक कलेजमा झन्डै १० देखि ४० लाखसम्म विभिन्न बहानामा अतिरिक्त शुल्क उठाउने गरेको विद्यार्थीको गुनासो छ ।

अतिरिक्त शुल्क उठाएकाे विषयमा विश्वविद्यालय, शिक्षा मन्त्रालय, संसदीय उपसमिति, नेपाल मेडिकल काउन्सिललगायत निकायले छुट्टाछुट्टै छानबिन गरिसकेका छन् । त्यस क्रममा त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतका कलेजले विद्यार्थीपिच्छे थरीथरी शुल्क असुलेको पाइएको थियो ।

अवैध शुल्क लिने गरेको, नदिनेलाई प्रयोगात्मक र आन्तरिक परीक्षामा फेल गराएको, परीक्षामा वञ्चित गराएको, मानसिक यातना दिएको, अतिरिक्त शुल्कको रसिद नदिएको, अनुगमनमा नक्कली विद्यार्थी र अभिभावक देखाउने गरेको, नक्कली बिरामीहरु खडा गर्ने गरेको लगायतका समस्याहरु प्रायजस्तो धेरै कलेजहरुमा देखिन्छ्न् ।

बढी शुल्क लिएको विरोधमा गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज लगायतका विद्यार्थीहरु आन्दोलित छन् । अहिले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थी पनि आन्दोलित छ्न् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com