चलचित्र ‘छ माया छपक्कै’, न्यूयोर्कका दर्शकको माया लपक्कै


प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार

नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ले न्यूयोर्कमा दुई शो भव्य प्रर्दशन गरेको छ । दर्शकले अत्याधिक रुचाएको यस बर्षकै उत्कृष्ट चलचित्र ‘छ माया छपक्कै’को न्यूयोर्कमा, पहिलो शो म्यानहाटनमा रहेको फ्रेन्चाइज मुभी हल एएमसीमा गरिएको थियो भने दोश्रो शो कुइन्सस्थित बम्बे थिएटरमा गरिएको छ ।

सन् १९२० मा स्थापना भएको ९९ बर्ष पुरानो मुभी हल एएमसीमा पहिलो पटक नेपाली चलचित्र ‘छ माया छपक्कै’ प्रर्दशन गरिएको थियो । आयोजकका अनुसार डिसेम्बर दुई तारिख सोमबारकादिन समेत भव्य प्रर्दशन भएको छ । हिँउ र पानी परिरहेको प्रतिकुल मौसमका बीचमा समेत अत्याधिक दर्शकले यो चलचित्र हेरेका छन् । यस्तै न्यूयोर्कको पहिलो शो मा दर्शकहरुले उभिएर चलचित्र हेरेका थिए भने केही प्यासेजमा समेत बसेर फिल्म हेरेका थिए । साथै केही सिट नपाएर फर्केका थिए । पहिलो प्रर्दशनका बेला चलचित्रकी नायिका केकी अधिकारी समेत दर्शकसंगै बसेर चलचित्र हेरेकी थिइन् ।

आयोजकले भनेका छन्, हामीले अपेक्षा गरेको भन्दा धेरै दर्शकहरुले एएमसी र बम्बे थिएटरमा चलचित्र हेर्नुभयो, नेपाली चलचित्रलाई माया गर्ने न्यूयोर्क तथा आसपास क्षेत्रका दर्शकहरुप्रति हामी आभारी छौं । चलचित्रका कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, केकी अधिकारी र निर्मााता रोहित अधिकारीले सामाजिक संजाल फेसबुकबाट अमेरिका तथा न्यूयोर्क क्षेत्रका दर्शकले देखाएको मायाप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

नेपालमा दर्शकको मन जित्न सफल चलचित्र ‘छ माया छपक्कै’ अहिले अमेरिकाभर भव्य प्रर्दशन भईरहेको छ । आयोजक रवि गौतमका अनुसार न्यूयोर्क राज्यमा अन्य शो गर्ने बारेमा तयारी भईरहेको छ । गौतमले दर्शकको माग अनुसार अर्को शो छिट्टै गरिने जानकारी दिए । आयोजकका अनुसार यदी ठुलो समुह बनाएर या कुनै संघ सस्थाले चलचित्र देखाउन चाहेमा फिल्म बितरकसंग सम्पर्क गर्न सक्नेछन् । दिपेन्द्र लामा निर्देशित गम्भीर राजनीतिक बिषयमा हास्यप्रधान ढंगले प्रस्तुत गरिएको चलचित्र छ माया छपक्कैको कथा पनि निर्देशक लामाले नै तयार पारेका हुन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

चलचित्रमा दीपकराज गिरी केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्मस र आईएमईको संयुक्त ब्यानरमा बनेको चलचित्रको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com