अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा हिउँको कम्बल, २० इन्चसम्म हिमपात, ७७० उडान रद्द


प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार

सोमबार अमेरिकाको उत्तरपूर्वी क्षेत्रले हिउँको कम्बल ओढेको छ । न्युयोर्क, न्युजर्सी लगायतका कैयन क्षेत्रमा दिनभर हिमपात भएको छ भने कतिपय क्षेत्रमा राती अबेरसम्म हिमपात हुने अनुमान गरिएको छ ।

मासाचुसेट्स, न्यु ह्याम्पशायर, भर्मोन्ट, मेन लगायतका स्थानमा हिमआँधीको चेतावनी दिइएको थियो भने बोस्टन लगायतका क्षेत्रमा ४ देखि ८ इन्चसम्म हिमपात भएको छ । ती क्षेत्रमा मंगलबार यो मात्रा अझ दोब्बर हुने अनुमान गरिएको छ ।

न्युजर्सीमा भारी हिमपातका कारण जनजीवन प्रभावित भयो । तस्वीर : डा. विष्णुमाया परियार

न्युयोर्क राज्यको मध्य न्युयोर्क र अल्बानीमा सबैभन्दा धेरै हिमपात भएको छ । अल्बानी नजिकै साराटोगा काउन्टीमा २० इन्चसम्म हिमपात भएको छ भने अल्बानीमा १३ इन्चसम्म हिमपात भएको छ । उक्त क्षेत्रमा मंगलबार विहानसम्म थप ५ देखि १० इन्च हिमपातको अपेक्षा गरिएको छ ।

सोमबार रातीसम्म न्युयोर्क सिटी र लंग आइल्याण्डमा ४ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ । कतिपय क्षेत्रमा १० इन्चसम्म समेत हिमपात हुने मौषमविदको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिमपातका कारण अधिकांश सर्वसाधारणहरु घरभित्र बसेका छन् भने केही हिउँ खेल्न समेत निस्केका थिए । तस्वीर : डा. विष्णुमाया परियार

सोमबार पेन्सिलभेनियादेखि मासाचुसेट्ससम्म हिमपातका कारण विद्यालयहरु बन्द भए भने न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले आज अल्बानी लगायतका क्षेत्रमा संकटकालको घोषणा गरेका छन् । उनले हिउँ हटाउनका लागि ३ सय कर्मचारी परिचालन गरेको बताएका छन् ।

हिमपातले बाटा चिप्ला बनेका थिए जसका कारण गाडी चलाउन समेत मुस्किल परेकाले धेरैले गाडी पार्क गरेरै राखे । तस्वीर : डा. विष्णुमाया परियार

हिमपातका कारण सोमबार अमेरिकामा ७७० हवाई उडानहरु रद्द भएका छन् । ती मध्ये अधिकांश उडानहरु न्युयोर्क र बोस्टनका थिए ।

उता पोर्टल्याण्डमा सोमबार दिउसोसम्म २ इन्च हिमपात भएको छ । मंगलबार विहानसम्म त्यहाँ ६ देखि १० इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ ।

डाक्टर विष्णुमाया परियारको न्युजर्सीमा रहेको निवासको ब्याकयार्डमा राखेको घैंटो हिउका कारण स्नोम्यान जस्तो देखिएको थियो । तस्वीर : डा. विष्णुमाया परियार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com