भोलि न्युयोर्कमा ४ इन्चसम्म हिमपात हुनसक्ने


प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार

भोलि आइतबार न्युयोर्कमा ४ इन्चसम्म हिमपात हुनसक्ने मौषमविदहरुले चेतावनी दिएका छन् । न्युयोर्क सिटीमा भोलि विहान १० बजेदेखि हिमपात सुरु हुने र एकबजेपछि वर्षामा परिणत हुने जनाइएको छ ।

भोलि दिनभर वर्षा हुने र सोमबार पुन हिमपात हुने अनुमान गरिएको छ । न्युयोर्क सिटीका विभिन्न भागमा एकदेखि ४ इन्चसम्म हिमपात हुनेछ ।

न्युयोर्क सिटीमा ७०५ नुन छर्ने गाडीहरु तैनाथ अवस्थामा राखिएको छ । २ इन्चसम्म हिमपात भएपछि हिउ सोहोर्ने १५ सयभन्दा धेरै गाडीहरु पनि परिचालन गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हडसन भ्यालीमा ६ देखि १२ इन्चसम्म हिमपातको अनुमान गरिएको छ भने न्युजर्सीका बासिन्दाले पनि हिमपात बेहोर्नुपर्नेछ । खासगरी सोमबार विहान यात्रा गर्नेहरुका लागि अवस्था नराम्रो हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com