न्युयोर्क सिटीमा आइतबार र सोमबार हिमपातको सम्भावना


प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

न्युयोर्क सिटीमा आइतबार रातीदेखि हिमपातको सम्भावना रहेको मौषमविदहरुले चेतावनी दिएका छन् । आइतबार र सोमबार न्युयोर्कको मौषम खराब हुने जनाइएको छ ।

नेशनल वेदर सर्भिसले शुक्रबार सुचना जारी गरेर मौषमबारे पूर्वानुमान गरेको छ । आइतबार विहान केहीवेर हिमपातको सम्भावना रहेको छ भने दिउसो पानी पर्ने सम्भावना रहेको छ । पछि सोमबार हिमपातको सम्भावना रहेको छ ।

आइतबार विहान १० बजे देखि १ बजेसम्म हिमपातको सम्भावना रहेको छ । १ बजेपछि पानी पर्ने सम्भावना रहेको छ । सोमबार राती १ बजेभन्दा अगाडि हिमपातको सम्भावना छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com