तीन वर्षे छोरीसहित मन्दिर पेटीमा धुत ‘कल्पना’ : ‘दुध खुवाए चल्छ, त्यसैले रक्सी खुवाएको !’

– अस्मिता खड्का

हरेक बिहानी सुनौलो हुन्छ । त्यही सुनौंलो बिहानीसँगै अनगीन्ति सुख र दुःख उनीएर आएका हुन्छन् । थाहा छैन ? उनीएका सुख र दुःखहरु क–कस्को पोल्टोमा पर्ने हो ? तर, मन्दिरको पेटीमा हेर्दा लाग्दथ्यो, धेरै दुःख मन्दिरको पेटीमा पल्टिएकी कल्पनाकै भागमा परेको छ ।

बिहानको पौने ६ बज्दै थियो । मन्दिर देखि केही परसम्म सुनिनेगरी ,धार्मिक गीत संगितले वतावरण सुमधुर बनिरहेको थियो । बाजागाजसँगै गुञ्जिएको मधुर आवाज जो कोहीलाई मोहित बनाउने थियो ।

मनोकामना पूरा हुने विश्वासमा मानिसहरु देवतालाई चढाउन फुल र पुजाको सामाग्रीले सजिएको थाली हातमा बोकेर ओहोर दोहोर गरिरेका थिए । तर, महिनौँदेखि मन्दिरको पेटीमा पल्टिएकी कल्पनालाई भगवनसँग विश्वास नभएर होला, अरु फुल र जल चढाउँदा, कल्पना तीनै भगवनालाई साक्षी राखेर एकाबिहानै आफैलाई रक्सी चढाउँथिइन् । आफ्ना भनिएकाले दिएको चोट भुल्न कल्पना मन्दिर पेटीमा रक्सीको नशामा विहानै धुत परिसकेकी थिईन ।

Loading...

उनलाई बाहिरी संसारसँग कुनै मतलव थिएन् । चिसो भूई, फाटेका लुगा, साथमा तीन वर्षे छोरी ! भूईंमा लडिरहेकी कल्पनालाई देख्ने मानिसहरु कोही पाँच/दश रुपैयाँ दिन्थे त, कोही बिचराभन्दै मनमनै गुन–गुनाएर बाटोमोडी दिन्थे । दया गरेर दिएको पैसाले, कल्पना खाना होइन, रक्सी किन्ने गर्दथिईन । रक्सीको सहारामा उनी श्रीमानले दिएका हरेक चोट सदाका लागि भुल्न चाहान्थिईन । पीडाले कुलतको बाटोमा हिड्न बाध्य कल्पना आफूमात्र होइन,तीनवर्षे दुधे नानीलाई समेत, रक्सी खुवाउन थालेकी थिइन् ।

तीन वर्षे नानी सडकको धुलो, हिलो र एक सरो कपडामा भूईंमा खेलिरहेको भगवनलाई फुल चढाउन आउनेदेखि साँझ त्यही बाटोहुँदै घर फर्कने हरेकले नदेखेका होईनन् । मन्दिरमा सजिएका भगवानले ती मासुमलाई एक कोहोरो हेरिरहे उसको नाग्गो शरिर छोप्न सकेनन् ।

Loading...

धुलो र हिलोमा लडिबुडी गरिरहेकी मासुमलाई देखेपछि समाज सेवी सुमित्रा चौलागाई (मानव) कुदिरहेको आफ्नो स्कुटीको रफ्तारलाई विस्तारै रोकिन र नानीको छेउँमा पुगिन् । प्रतिक्षाको जिवनमा सुमि आमाको जन्म भयो ।

Loading...

पतिक्षा अहिले सुमित्रालाई सुमि आमा भनेर बोलाउँछन् । ती अबोधको लागि तपाई हामीले फुल चढाउने भगवनाभन्दा ठूलो सुमि आमानै हुन । न्यायो काख र साथमात्र होइन, बालिकालाई शिकार बनाउने राक्षसहरुबाट सुरक्षित गरेकी छिन् उनको सुमि आमाले । सुमित्राले भनिन् ‘उनीहरुको विजोग र दिनहुँ भैरहेका महिला हिंसाका घटनाले काँपेको मेरो शरिर उनीहरुलाई सडकमा देखेपछि झनै डर लाग्यो । सोचेँ नानी र आमाको जसरी पनि उद्धार गर्छु ।’


‘नानी निकै टाठी रहेछ । उसको कुराले मलाई आक्रषण भए ।’ नानीको मिठो बोलीले लोभिएकी सुमित्रालाई आमा कल्पनालाई सडकबाट उद्धार गर्न निकै गाह्रो भयो । नानी प्रतिज्ञासँग कुरा गर्दा आमा कल्पना भने सिरले चूर भैसकेकी थिइन् ।
उनी रिसाउनुको कारण रहेछ । सडक पेटीमा पुगेका महिलासँग भएका बच्चालाई महिलाको नाममा स्थापित संस्थाहरुले बच्चा लैजाने र आमा छोडिदिने गर्दा रहेछन् । प्रतिज्ञा कि आमाले पनि सुमित्रालाई यी नै मानिसको सुचिमा राखिन र बोल्न मानिन् ।
आमाको हिसाबले हेर्दा त्यो रिसाउनु स्वभाविक थियो । समाज सेवी सुमित्रा कल्पना भन्दा कम जिद्धिको थिईनन् । उनले पनि आमाछोरीको जसरी पनि उद्धार गर्नु पर्दछ भन्दै लागिन् ।

समाजसेवी सुमित्राले कल्पनालाई काउन्सीलिङ गरेर त्यही मन्दिरको पेटीमै बसिन । लामो कुराकानीपछि आमा कल्पना बोल्न तयार भईन । त्यसपछि सुमित्राको पहिलो प्रश्न ‘यति सानो नानीलाई रक्सी किन खुवाउनु भएको?’उनले सुमित्रालाई नसोचेको जवाफ दिईन र भनिन् ‘दुध खुवायो भने चलिहन्छ, रक्सी खुवायो भने चुप लागेर बस्छ, त्यही भएर खुवाएको !’

Loading...

कल्पना कुरागर्दा गर्दै नराम्रोसँग रिसाईन । कल्पनाको जवाफले झनै डराएकी सुमित्रालाई त्यो मासुमलाई छोड्न मनले मानेन । त्यसपछि उनी आमालाई काउन्सिलिङमै लागिन् । छोरीलाई सडकमा लिएर बस्दा हुने दुर्घटनाको बारेमा धेरै कुरा सुनाईन ।

Loading...

सुमित्राको कुरामा कल्पनाले केही विश्वास गरेपछि, नानीलाई काखमा र आमालाई हातमा डोर्याउँदै ललितपुरको प्रहरी चौकीमा पुर्याईन ।

पुलिस चौकीमा लगेपछि कल्पनाले निऊँ खोज्न थालिन । उनको बारम्बार एउटै प्रश्न थियो, ‘म यतिका दिन सडक पेटीमा बस्दा, पुलिसले धेरै पटक देखे तर, केही गरेनन्, तैले यहाँ ल्याएर अब मलाई पुसिले कहाँ लैजान्छ ?’ सुमित्रसँग झगडा गर्दै कल्पनाले भनिन् ‘बटुक भैरवमा कतिधेरै पुलिस आउँछन, जान्छन् । अहिलेसम्म सहयोग गरेनन्, आज कसरी सहयोग गर्दछ ?’

प्रहरी चौकीमा पनि कल्पनालाई सुमित्राले बारम्बार सम्झाईन । तर, उनको प्रश्न थियो मलाई पुलिसले बेच्न त, लैजाने होइनन् ? मेरो बच्चा र मलाई छुट्टा छुट्टै लैजाने त होइन ? सुमित्राको अगाडि कल्पनाले यसरी नै विभिन्न प्रश्नहरु तेर्साईरहिन ।

Loading...

घटनाको बेलीबिस्तार लगाउँदै सुमित्राले भनिन् ‘पौने ६ बजेबाट उनीसँग कुरा गरेको दिउँसो ११ बजे आमाछोरीको उद्धार गरेर आश्राममा पुर्याएँ ।’ त्यहाँ पनि उनलाई समाल्न निकै गाह्रो भयो । बस्नै मानिन् । ‘यस्तो ठाउँमा को बस्छ ? मलाईलाई त, रक्सीचुरोट खानुपर्छ । यहाँ केही खानदिँदैनन्’ । यसैगरी दिनदिनै गराउँन थालिन् । नानीको सुरक्षाका लागि कल्पनाको कचकच सुन्न तयार भईन सुमित्रा ।

सेवा भावले ओतप्रोत सुमित्रालाई कल्पनाको गाली,नानीको अनुहार हेर्दा मिठो लाग्न थाल्यो । छोरीकैकारण सुमित्रासुरु–सुरुमा कल्पनालाई दिनभर कुरेर बस्दथिइन् । उनलाई डर थियो, कत्तै नानी बोकेर भाग्ने त होइनन् ?

Loading...


‘सेवा घरमा बस्न नमानेकी उनलाई छोरीको भविश्यका बारेमा सम्झाउन, म तीन दिन तीनरात नसुति कुरेर बसेको छु’, सुमित्रालाई सुनाईन । यतिमात्र होइन, सुमित्राले आफ्नो छोरा पढ्ने स्कुलमा नानी प्रतिज्ञालाई भर्ना गरिदिईन । जब छोरी डे«स लगाएर स्कुल जान थालिन्, तब कल्पनाले सुमित्रालाई विश्वास गरिन् ।

मनोरोग कल्पनालाई उपचारको लागि सुमित्राले ६/७ पटक आफै हस्पिटल पुर्याईन । कल्पनाको स्वास्थ्य सामान्य बन्दै गयो । ‘जब नानी आश्रामको आगनमा खेल्न कुद्न थालिन,तब खुशीका आँसु अनायसै झरे’ कुरा गर्दागर्दै भावुक बनेकी सुमित्राले विगत सम्झदै उनले भनिन् ‘कुरा २०७२ साल चैत १३ गतेको हो । जुन आश्राममा आमाछोरीलाई लगेर राखेँ,त्यहाँ मैले सेवापनि गर्दै आएकी थिएँ ।’

Loading...

उनलाई जुन आश्राममा सुमित्राले लगेर राखेको थिइन, कारण बस त्यो आश्राममा छोड्नु पर्यो ।

समाजसेवामा रमाउने सुमित्रा यत्तिकै बस्न सिकनन् । उलने आफै सेवा सञ्चालन गर्ने सोचिन र त्यसको तयारीमा रहेकाबेला कल्पना आश्राम छोडेको कुरा सामाजिक सञ्जालबाट थाहा पाईन् । त्यो कुराले सुमित्रालाई निकै दुःखी बनायो । उनले भनिन् ‘मैले कत्ति फोन गरेँ, कल्पना दिदीले उठाउनु भएन । तर, केही दिनपछि आफै फोन गरेर, भक्तपुर इट्टा भट्टामा जागिर गर्न थालेको कुरा निकै खुशी हुँदै सुनाएपछि,मलाई पनि खुशी लाग्यो ।’ तर कल्पनाले फोनमा सुमित्रालाई सुनाए जस्तो अवस्था थिएन । उनी फेरि सड्कमा पुगेकी थिईन ।

आफूले इट्टा भट्टामा काम गर्न थालेको कुरा सुनाएी कल्पनालाई सुमित्राले तीन दिनपछि भक्तपुरको कमल बिनायक चोकमा भेटिन् । उनी घर फर्कदै गरेको बेला छोरीले देखेर ‘सुमि आमा’भन्दै बोलाईन् । ‘उनीहरुलाई देखेपछि अचम्म लाग्यो । त्यसपछि उनले आफुले सेवा सञ्चालन गरेको कुरा सुनाउँदै, कल्पनालाई पुन उद्धार गरेर आफ्नो सेवा घरमा ल्याइन ।’ सुमित्रासँग आउनको लागि पहिला जस्तो आमा छोरीलाई सम्झाउनु परेन् । उनले कल्पना र प्रतिज्ञालाई सडकबाट दुई पटक उद्धार गरिन । उनी दोस्रो पटक सडकामा आउँदा मानसिक रुपमा कमजोरी अवस्थामा थिइन ।

उनलाई सुमित्राले फेरि उपचार गरिन र उनी अहिले मानव सेवा समाजमा आफू जस्तै असायलाई सेवा गरिरहेको छिन् । उनीको छोरी स्कुल पढ्दैछिन् । उनी र उनको छोरी मानव सेवा समाजमा खुशी मात्र होइन, पुःनजन्म पाएका छन् । यो सबै प्रतिक्षाको सुमि आमाले गरेको हुन । मन्दिरमा सुमि आमा नभेटेको भए, थाहा छैन, प्रतिक्षा,कस्तो अवस्थामा हुने थिईन ? अहिले देशमा घटेका घटनालाई निहालेर हेर्ने हो भने, डरले मन काँप उठ्छ ।

२८ वर्षीय समाजसेवी सुमित्रा, कल्पना र प्रतिक्षाको जिवनमा मात्र होइन,सडकमा अलपत्र पारिएका बृद्धाबृद्ध, मनोरोगी र बौद्धिक अपांग भएका पीडितहरुको सेवामा पुरै समय लगाएकी छिन् । उनी अहिले मानव कल्याण समाजको अध्यक्ष पनि हुन् । उनको सेवाघर भक्तपुरमा रहेको छ । जिवनका हरेक पल दुःखीहरुको सेवामा लगाउने अठोट गरेकी सुमित्रा सञ्चारकर्मी पनि हुन । उनले करिब १० वर्ष पत्रकारिता क्षेत्रमा विताएकी छन् । त्योबेला पनि उनी समाजिक क्षेत्रमा सहयोग पुग्नेगरी आफ्ना आवाज बुलन्द गरेकी थिइन ।

उनको सेवाघरमा अहिले २५ जना पीडितहरुले आश्रय लिईरहेका छन् । तीन महिनाको नानीदेखि ८० वर्षसम्मका बृद्धाहरुको उनीले सेवा गरिरहेकाी छन् । सेवाघरको चुलो सबै मनकारी नेपाली दाजुभाई दिदी बहिनीको सहयोगबाट जल्ने गरेको छ । त्यहाँ भएका अपांग, मनोरोगी र बृद्धाबृद्धहरुले तिनै मनकारी नेपालहरुकै कारण न्यानोमा सुत्न र तातो गास खान पाएका छन् । सड्क पेटीमा असाय देख्नु हुने जो कोहीले पनि सुमित्रालाई फोन गरेर उद्धारको लागि भन्न सक्नुहुन्छ ।

 


उनी सबैकाम छोडेर उद्धारमा हाजिर हुन्छन् । उनी भन्छन् ‘सबैभन्दा ठूलो धर्म भनेको मानवता हो । मानवले मानवलाई गर्ने व्यावहार नै हो ।’ मानवता हराउँदै गरेको नेपाली समाजमा सुमित्रा उदाहरणिय पात्र हुन । उनले गरेको कामको जति ब्याख्या गरे पनि कमिनै हुन्छ । भन्छिन्‘समाजमा राम्रो गर्नेहरु धेरै छन् । तर, चुपचाप ! जसको कारण अपराधी घटना बढेका छन् ।’

यसरी पुगेँ सड्कमा

विवाहपछि श्रीमानसँगै काठमाडौँ आएकी हुँ । त्योबेला म तीन महिनाको सुत्केरी थिएँ । म आएको केही दिनपछि श्रीमान अर्को विवाह गरेर भागे । श्रीमान भागेपछि घरबेटीले कोठाबाट निकादिए । सानो नानी कहाँ लैजाउँ । कोठामा खाने खर्च केही थिएन । बस्ने ठाउँ कहीँ नभएपछि सड्कमा पुगेँ ।
भोको पेट कामजोर शरिर । छोरीको लागि बाच्नु त पर्यो । तीन महिनाको नानी पिठ्यूमा सलले बाँधेर घर बनाउने ठाउँमा गिट्टी बालुवा बोक्ने काम सुरु गरेँ ।
सुत्केरी मान्छे भने जसरी राम्रोसँग काम गर्ने अवस्था थिएन । बालुवा र गिट्टी बोक्दा शरीर काप्ने मात्र होइन, रगत पनि बग्दथ्यो । मैले काम गर्ने ठाउँमा आएर श्रीमान बच्चा खोस्ने र सौतेलीले मलाई कुट्न थाले । काम गर्ने ठाउँमा धेरै मान्छे भएका कारण सौता र श्रीमानलाई समातेर उल्दै कुटेर लखेटे । छोरी सुरक्षित गरेँ । मलाई खुट्टामा चोट आयो ।
काम गर्ने ठाउँका साथीहरुले टीनको तहरामा महिनाको एक हजार भाडा तिर्नेगरी बस्ने ब्याबस्था मिलाई दिए । श्रीमानको कुटाईबाट खुट्टा भाँचिएको मैले काम गर्न सकिन । भाँचिएको खुट्टा, तीन महिनाको दुधे बालक, खाने कसरी ? दिन प्रतिदिन गाह्रो हुँदै गयो । काम गर्ने ठाउँका साथीहरुले जरीबुटी घोटेर खुट्टामा लगाई दिए तर, भाँचिएको खुट्टा निको भएन ।  के खाने ? मेरो पेटमा अन्न परे पो , नानीले दुध खान पाउँछ । रातभर नानी रुन थाली । नानी रोएका सुनेका छिमेकीले मलाई नजिकैको मन्दिरमा माग्न सिकाए । मागेको पैसाले छोरीको लागि दुध र आफ्नो लागि खाना आउने सुझाव दिए । मैले त्यही गर्न थालेँ ।


आश्रामबाट निस्किएर गाउँले आफन्तको घरमा आश्रयलिन पुगेँ । तर, बच्चासँग अरुको घरमा धेरै दिन बास पाउन गाह्रो भयो । श्रीमानले छोरी घरमा ल्याएपछि नागरिकता दिने कुरा गरे । छोरीको लागि मुख हेरेर गाउँ पुगेँ । श्रीमानले नागरिकता होइन, घरबाट कुटपिट गरेर निकाली दिए । जेनतेन ज्यान बचाएर फेरि छोरी लिएर काठमाडौँ आईपुगिन । तर, बस्ने ठाउँ थिएन, कहाँ जाऊ सड्क पेटीमै पुगेँ ।

सबैको लागि मैले नै हो खाना बनाउने । पहिले देखिनै बनाएर खुवाउँथे । दाल, तरकारी र टामाटरको अचार मिठो बनाउँछु ।  नानी नजन्मिदै,जाडरक्सी चुरोट खाँदैन थेँ । श्रीमानले अर्को श्रीमती ल्यायो । सानैमा साथीको लहलहैमा प्रेम विबाह गरेँ । विवाह हुँदा १३ वर्षको थिएँ ।

पहिला काम गरेर श्रीमानलाई मैले पालेको थिएँ । मेरो कमाइले घर चलेको थियो । श्रीमानले काम गर्दैनथे । जब मेरो बच्चा भयो,संगैबस्दा पनि खानेकुरा ल्याईदिनु भएन । माग्न बाध्य पार्नुभयो । बच्चा जन्मेपछि श्रीमान अर्को केटीसँग लागेँ ।  अब छोरीलाई हुर्काउने र आश्रामको सेवा गरेर बस्ने सोचेको छु । सुमि दिदिले भेट्दा सानो थिइन् । उ त निकै बोल्छ । नानी बाटो लागि र म आएको नत्र मत आउँदैनथेँ होला, आश्राममा । छोरी पढेर डाक्टर बन्ने भन्छ ।


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...