युनाइटेड नेप्लिज एसोसिएसन को सम्मेलनमा अर्बपति तथा उद्योगपति बिनोद चौधरी आउने अमेरिका आउने


प्रकाशित मिति : फाल्गुन २८, २०७३ शनिबार

 

 

विजय थापा ,वाशिंगटन डिसी

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )को सम्मेलन आगामी मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मे २६ देखि २८ तरिखमा हुने भएको छ l गत मार्च १० तारिखमा सम्मेलन बारे जानकारी दिने हेतुले समुदाय तथा संचारकर्मिको उपस्थितिमा टेक्सस ड्यालसमा युनाइटेड नेप्लिज एसोसिएसनले दोश्रो बार्षिक सम्मेलन गर्ने निधो गरेको छ l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएनए का संस्थापक सभापति पासांग लामाले युवाहरुको नेतृत्वमा आगामी युएनए सम्मेलन हुने बताए l उनीहरुमा अद्भुत शक्ति ,आँट ,जोश र जाँगर हुने भएकोले उनीहरुको काँधमा जिम्मवारी गत बर्ष दिएको जस्तै दिने बताए lयुएनए संस्था गैर राजनैतिक, गैर धार्मिक ,जातिय वा क्षेत्रीय सोंचबाट मुक्त रहेको संस्थापक लामाले बताउदै सम्मेलनमा सबैलाई सहभागी हुन् अनुरोध गरेका छन् l उनले अमेरिकामा विभिन्न संघ तथा संस्थाले बर्ष भरि नै कार्यक्रम गर्ने हुनाले कसै संग कार्यक्रम मेल नखाने समयमा पक्का गरेको बताए l

उक्त भेटघाट कार्यक्रममा संस्थाका संस्थापक पासांग लामाले अतिथिहरुमा नेपालका एक मात्र अर्ब पति बिनोद कुमार चौधरी ,नेपाल क्रिकेटका टोलि नेता पारस खड्का ,नेपालका लागि पूर्व अमेरिकन राजदुत स्कट डेलिसी तथा अन्य अतिथिहरु आउने जानकारी दिएका छन् lउक्त कार्यक्रममा एनआरएन अमेरिका अध्यक्ष पदका प्रत्याशी गौरी राज जोशी, एनआरएन अमेरिकाका वर्तमान उपाध्यक्ष राम पोख्रेल, पत्रकारहरुको तर्फबाट शैलेश पोख्रेल, बिडीए का टेक्सास च्याप्टर अध्यक्ष शिव काफ्ले ,नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने, जनसम्पर्क समिति अमेरिका वेस्ट च्याप्टरका सभापति हरिबोल भण्डारीले आफ्ना विचार राख्दै सफलताको शुभकामना दिएका थिए l

सम्मेलनको लागि बिभिन्न समिति निर्माण गर्ने आदी काम अगाडी बढी रहेको छ भने ३ दिन सम्म चल्ने उक्त सम्मेलनको लागि अमेरिकाका बिभिन्न राज्यहरु बाट विभिन्न संघ/संस्थाका सदस्य तथा पदाधिकारीहरु गरि हजारौको संख्यामा आउने छन् lसाथै उक्त युएन ए सम्मेलनमा छलफल ,बहस ,बिभिन्न मंचका कार्यक्रम ,खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु हुने छन् l खेलकुदमा पुरुष भकुण्डो ,भलिवल ,बास्केटबल ,महिला फुटबल,गल्फ ,टेबल टेनिस आदी इत्यादी खेलहरु हुने छन् l खेलकुदमा अमेरिकाका विभिन्न राज्यहरुबाट खेल टोलि सहित ५ सय भन्दा ज्यादा आउने भएका छन् l

कार्यक्रम ड्यालस फोर्थ को विमानस्थल स्थित शेराटनद्वारा संचालित फोर पोइन्ट्स अतिथि गृह (होटेल)मा हुने भएको छ l अतिथिहरुको लागि आफ्नो स्थान सुरक्षित गर्न समेत आब्हान गरिएको छ l यो भन्दा अगाडी गत बर्ष युनाइटेड नेप्लिज एसोसिएसन को सम्मेलन लस एन्जेलसमा जुलाई ४ स्वतन्त्रता दिवसको सप्ताहमा गरिएको थियो l

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com