अधिकांश चिनी बनाउँदा गाईको हड्डी प्रयोग, यी हुन् बोनचार प्रयोग नभएका प्रमाणित चिनी


प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

यदि तपाई पशुपंक्षीजन्य उत्पादनको प्रयोग नगर्ने व्यक्ति हुनुहुन्छ र चिनीको प्रयोग गरिरहनुभएको छ भने तपाईका लागि यो खबर नराम्रो हुनसक्छ । किनभने अधिकांश चिनी बनाउँदा जनावरको हड्डीको प्रयोग गरिदै आएको छ ।

त्यसैकारण मासमेलोज, बियर र बजारमा बोतलमा प्याक गरिएका केही सुन्तलाका जुसलाई समेत भिगन उत्पादन मानिदैन । कफी, कुकिज, केक लगायतमा प्रयोग हुने प्रशोधित चिनी या त उँखुबाट बनाइएको हुन्छ या त गुलियो प्रकारको मुला प्रजातिको बिटबाट निर्माण गरिएको हुन्छ ।

चिनी बनाइने उँखु ।

दुबै प्रकारका चिनीहरु लगभग उस्तै हुन्छन् । त्यसमा पाइने तत्व पनि लगभग उस्तै उस्तै हुन्छ । तर बनाउने प्रकृया भने फरक हुन्छ । उँखुबाट चिनी बनाउँदा सुरुमा त्यसलाई पेलेर रस निकालिन्छ । अनि त्यसलाई क्रिस्टलाइज गर्नका लागि तताएर प्रशोधन प्रकृयामा लगिन्छ ।

त्यसपछि फिल्टर गरेर बोन चारको प्रयोग गरेर ब्लीच गरिन्छ । बोनचारको प्रयोग गरेर ब्लीच गरेकै कारण चिनीमा सेतो रंग आउँछ । त्यही बोनचार जनावरको हड्डीबाट बनाइएको हुन्छ । अधिकांश बोनचार गाईको हड्डीबाट बनाइन्छ । उँखुको चिनी बनाउँदा चिनीको सम्सर्ग बोनचारसँग गराइन्छ ।

चिनी बनाइने सुगर बिट ।

अधिकांश चिनी उद्योगहरुले गाईको हड्डीबाट बनाइएको बोन चार प्रयोग गर्छन् । बोनचार बनाउनका लागि हड्डीलाई उच्च तापक्रममा तताएर त्यसमा भएको कार्वन निकालिन्छ । अनिमात्र त्यसलाई चिनीको प्रशोधनमा प्रयोग गरिन्छ । बोनचार बनाउन प्रयोग हुने हड्डी भारत, पाकिस्तान लगायतका मुलुकमा मरेका गाइबस्तुबाट प्रयोग गरिन्छ । जसको निर्यात विश्वभर हुँदै आएको छ ।

यसरी उत्पादित चिनीभित्र हड्डीको कुनैमात्रा त हुँदैन तर चिनी हड्डीसँग प्रत्यक्ष घोलमाल भने हुन्छ । बोनचारले चिनीमा भएको असुद्धतालाई हटाउने काम गर्छ । तर चिनीको भाग भने बन्दैन ।

बोनचार ।

उँखुको साटो सुगर बिटबाट बनाइने चिनीमा बोनचारको प्रयोग हुँदैन । यसबाट निस्केको जुसलाई डिफ्युजरको प्रयोगबाट क्रिस्टलाइज गरिन्छ । उँखुबाट उत्पादन हुने चिनीमा बोनचारको प्रयोग हुने भएपनि सबै चिनी उद्योगहरुले बोनचारको प्रयोग नगरेका हुनसक्छन् । उनीहरुले त्यसको साटो दानेदार कार्वनको समेत प्रयोग गर्न सक्छन् । जसमा जनावरको उत्पादन प्रयोग भएको हुँदैन ।

चिनीको स्वाद लिएर यसमा बोनचारको प्रयोग भएनभएको थाहा पाउन सकिदैन । यद्यपी बोन चार प्रयोग नभएका केही प्रमाणित चिनीहरु बजारमा किन्न पाइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com