यूवा तथा सफल चलचित्र निर्देशक दिनेश राउतको चलचित्र ‘पर्व’ को चर्चा परिचर्चा देश बिदेशमा 


प्रकाशित मिति : फाल्गुन २८, २०७३ शनिबार

 
विजय थापा,वाशिंगटन डिसी
 
यूवा तथा सफल चलचित्र निर्देशक दिनेश राउत हत्पत्त चलचित्रमा हात हाल्दैनन l उनि निकै गम्भीर तथा घोत्लिएर राम्रो चलचित्र बनाउने ध्येयमा हुन्छन l चलचित्र नै बनाए पछि दर्शकले मन पराउने र नेपाली चलचित्र प्रेमीहरुको मन र मस्तिस्कमा रहनु पर्छ भन्ने मान्यता राख्ने यूवा निर्देशक राउतले यस पटक फरक किसिमको चलचित्रमा निर्देशन दिदै छन् l 
 
नया स्वाद र नया कथामा चलचित्र पस्किदा दर्शकले मन पराई दिने कुरामा बिश्वस्त रहेका छन् l प्राय प्रेम कथामा आधारित चलचित्र बनाउने उनि यस पटक मानसिकता परिवर्तन गरि फरक प्रस्तुति दिने हेतुले सन्देह(सस्पेन्स) तथा सनसनीयुक्त (थ्रिलर )नेपाली चलचित्र ‘पर्व’ मा निर्देशनमा व्यस्त छन् l 
 
उनको उक्त पर्व चैत्र को अन्तिममा आउने तयारी जुटेका छन् भने दिनेश द्वारा निर्देशित चलचित्रहरु ‘आइ एम सरी, नोभेम्बर रेन, क्लासिक’ सफलता पूर्वक चलेका हुन् l र ,पर्व चलचित्र देश बिदेशमा समेत चर्चा परिचर्चामा रहेको छ l 
 
पर्व चलचित्रमा एउटा पर्वमा घटेको घटना पछि एक पात्रले आफ्नो व्यक्तिगत सन्तुष्टीका लागि गर्ने क्रियाकलापलाई सस्पेन्स( सन्देह) शैलीमा प्रस्तुत गरिने निर्देशक राउतले बताए l राउतका चलचित्र अहिलेका पिढीलाई ज्यादा केन्द्रित गर्दै अंग्रेजी नाममा साईत जुरेता पनि यस पटक नेपाली नाम पर्व जुरेको छ l 
 
चलचित्र मा अभिनय भन्दा छानेर चलचित्र खेल्ने र क्लासिक चलचित्रमा पुरस्कार हात पारेकी अभिनयमा खारिदै गएकी नायिका नम्रता श्रेष्ठ तथा नायक कोशिश क्षेत्री लाई लिएर ‘पर्व’ निर्माणाधीन अवस्थामा रहेको छ l 
 
पर्व’ टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माणाधीन अवस्थामा रहेको छ l कलाकारहरुमा पहिलो पटक चलचित्रमा अभिनय पाएका श्रीयन्स तिमिल्सिनाको बाल कलाकारको भूमिका रहेको छ l पाठशाला जाने र गृह कार्य गर्नु पर्ने अवस्थामा समय व्यवस्थापन गरेर बाल कलाकारको भूमिका खेल्न पाउँदा श्रीयन्स दंग परेका छन् l र अन्य कलाकारहरुमा माला लिम्बु ,अमितेष शाह, प्रिया रिजाल, जेबिका कार्की ,केशव भट्टराई आदी रहेका छन् l 
 
कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्वन्द ,कविराज गहतराजको नृत्य निर्देशन रहने चलचित्रमा विकास सुवेदी सहायक निर्देशकको रहने छन् ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com