आइसले झुक्किएर हिराशतमा लिएका ल्याटिनो अमेरिकीलाई १ लाख ९० हजार डलर क्षतिपूर्ति


प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

अमेरिकाको मिसिगनमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ल्याटिनो मुलका अमेरिकी नागरिकलाई कागजपत्रविहिन ठानेर हिराशतमा राखेपछि क्षतिपूर्तिवापत १ लाख ९० हजार डलर तिर्नुपरेको छ । ग्रयाण्ड र्यापिड सिटी कमिशनले अमेरिकी नागरिक जिल्मर रामोश गोमेजका लागि उक्त क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

 

रामोसलाई गत डिसेम्बरमा आइसले तीनदिन हिराशतमा राखेको थियो । तर पछि उनी मिशिगनमा जन्मेका अमेरिकी नागरिक भएको पत्ता लागेपछि रिहा गरिएको थियो । रामोशलाई अस्पतालबाट पक्राउ गर्नका लागि आइसलाई सुचनादिने प्रहरी अधिकारीलाई २० घण्टा कामबाट निलम्बन गरिएको छ ।

अमेरिकन सिभिल लिबर्टी युनियन मिशिगन र मिशिगन इमिग्रेशन राइट सेन्टरले रामोशका तर्फबाट गत अप्रिलमा संयुक्त रुपमा आवेदन फाइल गरेका थिए । प्रहरी अधिकारी भेण्डरकोईले रामोसबिरुद्ध जातीय आधारमा भेदभाव गरेको भन्दै उक्त आवेदन दर्ज गराइएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com