“नेपाल भारत सिमानामा पर्खाल लगाउनुपर्छ”


प्रकाशित मिति : फाल्गुन २७, २०७३ शुक्रबार

काठमाडौं, २७ फागुन । नेपाल भारत सिमा विवादको दिर्घकालिन समाधानका लागि दुई देशबीचको  सिमानामा स्थायी पर्खाल निर्माण गर्नु पर्ने  सरोकारवालाहरुले बताउनु भएको छ ।

एबीसी न्यूजको नियमित टक सो एबीसी वाचमा कुरा गर्दै सिमाविद् बुद्धिनारायण श्रेष्ठ र नेकपा एमालेका नेता एवं सांसद यज्ञराज सुनुवारले नेपाल भारत सिमा विवादको दिर्घकालिन समाधानका लागि दुई देशबीचको  सिमानामा स्थायी पर्खाल निर्माण गर्नु पर्ने  बताउनु भएको हो  । बारम्बार भारतिय पक्षबाट नेपाली भुमि मिच्ने काम भए पनि नेपाल सरकार निरिह भएको उहाँहरुको भनाई छ ।

भारतीय पक्षले सिमानाको जंगे पिल्लर हटाएर नेपाली भुमि मिच्ने गरेकोले सिमानामा स्थायी पर्खाल लगाउनु पर्ने सिमाविद् श्रेष्ठको भनाई छ । एमाले नेता सुनुवारले भने सिमानामा भारतीय सुरक्षा फौजबाट एक नेपाली नागरिको मृत्यु हुदासमेत सरकार निरिह बनेको आरोप लगाउनुभयो । सिमा क्षेत्रमा देखिने समस्या समाधानका लागि सबै दलहरुले  एउटै धारणा बनाउनु पर्ने उहाँको भनाई छ ।

विहिबार कंचनपुरको आनन्द बजारमा नेपाली भुमिमा निर्माणाधिन कल्भर्टको विषयलाई लिएर भारतिय पक्षले हस्तक्षेप गरेपछि बढेको विवादमा भारतिय सिमा सुरक्षा बल एसएसबीको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल भारतबीचको १८ सय ८० किलोमिटरको खुल्ला सिमानामा बारम्बार भारतीय पक्षबाट नेपाल भुमि मिच्ने एवं नेपालीमाथि ज्यादती हुने गरेको घटना सार्वजनिक हुने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com