२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

अमेरिका लैजाने भन्दै मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार

अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार भएको हो ।

व्युरोका अनुसार नेपाली युवालाई अमेरिका पुर्‍याउँछु भनी विगत एक वर्षदेखि भियतनाम, इथोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै आफ्रिाकाको मलावी भन्ने मुलकमा लगि बन्धक बनाएको पाइएको छ ।

मानव तस्कर गिरोहले नेपालबाट भियतनाममा २० दिन, इथोपियामा ४ महिना, माडागास्कारमा २५ दिन, जोर्डनमा १ महिना , दुबईमा ४५ दिन र अजरबैजानमा २० राखेको खुलेको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।