भोलि न्युयोर्कमा सिजनको पहिलो हिमपात, ४३ सय कामदार र ७२५ नुन छर्ने गाडी अलर्ट


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

भोलि न्युयोर्कमा यो सिजनको पहिलो हिमपात हुनसक्ने भन्दै अलर्ट जारी गरिएको छ । तर हिमपात भने ठूलो नहुने जनाइएको छ ।

मंगलबार विहान ६ बजेदेखि हिउँ मिसिएको हलुका वर्षा हुने जनाइएको छ । दिउसो २ बजेसम्म हिउँ मिसिएको वर्षाहुनसक्ने अनुमान गरिएको छ ।

मंगलबार न्युयोर्कको तापक्रम २२ डिग्री फरेनहाइटसम्म तल झर्ने जनाइएको छ । तर चिसो भने ४ डिग्री फरेनहाइट सरह अनुभव हुने भएको छ ।

मंगलबार टोपी, मफलर र पञ्जाहरु लगाएर हिड्न सुझाव दिइएको छ । कामका लागि जाँदा विहान मौषम ठीकै भएपनि घर फर्किने बेलामा बेलुका भने निकै चिसो हुनेछ ।

ठूलो हिमपात नहुने भएपनि सरसफाई विभागले तयारी भने ठूलै रहेको छ । ४३ सय कामदारहरु र ७२५ वटा नुन छर्ने गाडीहरु अलर्ट अवस्थामा राखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com