अमेरिका : हिमआँधीका कारण ६ सय उडान रद्द, शिकागोमा चिप्लियो विमान
सोमबार मिसिगनमा चिसोबाट बच्ने प्रयास गर्दै एक स्थानीय ।
अमेरिकाका हिमआँधीको प्रभाव बढ्दै गएको छ । हिमआँधीका कारण शिकागोमा ६ सय भन्दा धेरै उडानहरु रद्द गरिएको छ । सोमबार विहान रनवेमा जमेको बरफका कारण शिकागोको विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमान चिप्लिएको थियो । तर कुनै क्षति भने हुन नपाएको जनाइएको छ ।

विसकन्सिन लगायतका स्थानमा पनि चिसो मौषमको सुरुवात हिमपातबाट भएको छ । अमेरिकाका विभिन्न स्थानमा तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियससम्म झरेको छ । सबैभन्दा चिसो हुने स्थानमा शिकागो पनि अग्रपंक्तिमा रहेको छ ।
BREAKING: @AmericanAir Flight AA4125 from @flyfrompti to @fly2ohare slides off runway in Chicago this morning. Passengers tell me everyone is OK, deplaned and on buses to terminal. Video: Joseph Lian from Greensboro. @ABC11_WTVD @ABC #ABC11 pic.twitter.com/rBwyqfVtiU
— Andrea Blanford (@AndreaABC11) November 11, 2019
कोलोराडोदेखि मेनसम्मका २० वटा राज्यहरुमा हिमआँधीको चेतावनी र मौषमसम्बन्धि सुचनाहरु जारी गरिएको छ । मिसिगनको माथिल्लो पेनिसुलादेखि पश्चिमी पेन्सिलभेनियासम्म र उत्तरी न्यु इंग्ल्याण्डसम्म हिमपात हुँदैछ । न्युमेक्सिकोदेखि कोलोराडोहुँदै न्यु ईंग्ल्याण्डसम्म मौषमी चेतावनीहरु दिइएको छ ।

मंगलबारविहान हर्टल्याण्डमा सबैभन्दा चिसो विहान हुनेछ । डेस मोनिसमा माइनस २०, शिकागोमा माइनस १९, कन्सासमा माइनस १६ डिग्री सेल्सियससम्म तापक्रम घट्नेछ । टेक्सासको डलासमा समेत माइनस ९ डिग्री सेल्सियससम्म तापक्रम घट्नेछ ।

न्युयोर्कको शिराकसमा माइनस १९ डिग्री, बोस्टनमा माइनस १६, न्युयोर्क सिटीमा माइनस १२ डिग्री सेल्सियससम्म तापक्रम कम हुने जनाइएको छ ।






