न्युयोर्क अपस्टेटमा हिममात


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

न्युयोर्कको अपस्टेटमा हिमपात भइरहेको छ । सिराकसमा ९ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ भने बिंघमटनमा ३ इन्चसम्म हिमपात हुने मौषमविदहरुको अनुमान छ ।

सिराकसमा जारी हिमपात मंगलबारसम्म हुने जनाइएको छ भने अपस्टेटका अधिकांश स्थानमा तापक्रम जिरो डिग्री सेल्सियसभन्दा तल पुगेको छ । न्युयोर्कका रोचेस्टर, बफेलो लगायतका स्थानमा पनि हिमपात भइरहेको छ । अल्बानीमा पनि भोलि हिमपातको सम्भावना रहेको छ ।

अपस्टेटको कतिपय स्थानमा १२ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ । अपस्टेटका कतिपय क्षेत्रमा मंगलबार विहान ९ बजेसम्मका लागि यात्रा सुझाव र चेतावनीहरु जारी गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com