अमेरिकाको मिसिगनमा ९ इन्चसम्म हिमपातको चेतावनी
प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

मिसिगनको डेट्रोइटमा सोमबार रातीसम्म ५ इन्चसम्म हिमपात हुने मौषमविदहरुले चेतावनी दिएका छन् । मेट्रो डेट्रोइटले मौषमबारेको सुचना जारी गर्दै तीनदेखि पाँचइन्चसम्म हिमपात हुने जानकारी दिएको हो ।
उक्त सुचना सोमबार विहान ४ बजेदेखि लागुहुने र बेलुका ७ बजेसम्म कायम रहने जनाइएको छ । सोमबार विहानैदेखि हिमपात सुरु हुने र तापक्रम २० डिग्री फरेनहाइदेखि ३० डिग्री फरनेहाइटसम्म कायम रहने जनाइएको छ । जुन माइनस ६ डिग्री सेल्सियसदेखि माइनस १ डिग्री सेल्सियससम्म हो ।
राष्ट्रिय मौषम सेवाले पनि सानीलेक र सेन्ट क्लेयर काउन्टीहरुमा मंगलबार विहान ७ बजेसम्मका लागि हिमआँधीको चेतावनी दिएको छ । ती काउन्टीहरुमा ९ इन्चसम्म हिमपात हुनसक्ने जनाइएको छ ।