पाल्पामा सुरु भयो सबैले सुन्नेगरी चिच्चाएर वर मागिने मेला


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

तिनाउँ गाउँपालिका वडा ४ सत्यवती तालमा ३ दिने सत्यवती बज्यै मेला सुरु भएको छ । यही कार्तिक २६ गतेसम्म सञ्चालन हुने सत्यवती मेला आइतबारदेखि सूरु भएको हो ।

रातिमा अनौठो प्रकारको पुजाआजा गर्ने व्यवस्था, चिच्चाएर वर माग्ने प्रचलन नेपालका अन्य स्थानमा कतै नभएकोले विशेष प्रचार–प्रसार गर्न र एक पटक भक्तजनहरुलाई सत्यवती बजैको दर्शनमा सहभागी हुन सत्यवती मन्दिर व्यवस्थापन समितिले अनुरोध गरेको छ । मातृसत्ताको समयमा सत्यवती बजैको स्थापना भएको र बज्यैले कानले नसुन्ने भएकाले चिच्चाएर वर माग्ने प्रचलन आजसम्म कायम रहेको छ ।

यसवर्ष आजदेखि सत्यवती बज्यैको दर्शन तथा पुजाआजा गर्न विशेष साइत जुरेको वडा अध्यक्ष दानबहादुर गाहाले बताए । कार्तिक महिनाको पूर्णिमा पर्ने मेला यस वर्ष सत्यवती बजैको दर्शन गर्ने उत्तम समय रहेको बुढापाका तथा मन्दिरका पुजारीहरुको भनाई रहेको छ ।

साईत जुरेको समयमा सत्यवती बजैको दर्शन गरेमा मनको ईच्छा मागेमा पूरा हुने जनविश्वास रहेको छ । यसवर्ष साईत जुरेकाले तीन दिनको अवधीमा तीन लाख भक्तजनहरुले सत्यवती बज्यैको दर्शन गर्ने पुजापाठ गर्ने अपेक्षा गाउँपालिकाले गरेको अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए ।

सत्यवती मन्दिर र ताललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी स्थानीय श्रोत साधनको परिचालन गर्दै आर्थिक तथा सामाजिक एव साँस्कृतिक पक्षलाई माथि उठाउने गरी गाउँपालिकाले काम गर्ने अध्यक्ष घर्ती मगरले बताए ।

तानसेन र बुटवल क्षेत्रबाट आउने भक्तजनहरु पैदल २ घण्टाको उकालो हिडेपछि मन्दिरमा पुग्ने गर्दछन् । खासगरी रातिको समयमा मेला लाग्ने र चिच्याएर बर माग्ने मेलाको रुपमा परिचित सत्यवती बज्यै मेलामा हरेक वर्ष लाखौं दशनार्थीहरु पुग्ने गर्दछन् ।

यहाँ जोक परेका बेला वर्षेनी यसैगरी मेला लाग्दै आएको छ । सत्यवती बज्यै बुढी भएकी र कानले समेत कम सुन्छिन् भन्ने मान्यताका आधारमा चिच्याएर बर माग्ने प्रचलन रहँदै आएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com