निम्न पेशामा अष्ट्रेलियामा कामदारको अभाव, सुची सार्वजनिक


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

अष्ट्रेलियाको श्रम बजारमा सबैभन्दा धेरै माग भएका पेशाको सुची सार्वजनिक गरिएको छ । रोजगार तथा साना उद्योग विभागले श्रम बजारको अध्ययन गरेर सार्वजनिक गरेको उक्त सुचीमा कैयन चर्चित पेशाहरु परेका छैनन् ।

एकाउन्टेन्ट, शिक्षक लगायत पेशा अष्ट्रेलियाका धेरै राज्यमा कम माग भएका पेशामा परेका छन् । प्राविधिक तथा स्वास्थ्य सम्बन्धि क्षेत्रमा काम गर्नेहरुका लागि भने उच्च माग रहेको देखिएको छ ।

सर्वेक्षण अनुशार तीन चौथाई विजनेशहरुले आफूले चाहेको कामदारहरु प्राप्त गर्न सकिरहेका छैनन् ।

स्वास्थ्यक्षेत्रमा डेन्टिस्ट, रेडियोग्राफर, सोनोग्राफर, फिजियो थेरापिष्ट लगायतको अभाव देखिएको छ । मोटर मेकानिकको पनि सबै क्षेत्रमा अभाव रहेको छ ।

अष्ट्रेलियाका सबै राज्यमा बढी माग भएका र नभएका पेशाको सुची यस्तो छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com