गाईगोरु तस्करी नगर्ने शपथ


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

वर्षांैदेखि गाईगोरु तस्करीमा संलग्न दक्षिण झापास्थित कचनकबलका पाँच जनालाई अब उप्रान्त तस्करी नगर्न भन्दै प्रहरी, जनप्रतिनिधि र समुदायसमक्ष शपथ खुवाइएको छ । यही तिहारअघि गोरु तस्करी गर्दागर्दै प्रहरीले पक्राउ गरेका उनीहरुलाई अबदेखि तस्करी नगर्ने शपथ खुवाएर छाडिएको हो ।

जिल्लाका प्रहरी प्रमुख दिनेश मैनालीको उपस्थितिमा समुदाय प्रहरी साझेदारी झापाको आयोजनामा आज भएको विशेष कार्यक्रममा कचनकबल गाउँपालिकाका प्रमुख अन्जार आलमले शपथ गराउनुभएको थियो ।

कचनकबल गाउँपालिकाको सदरमुकाम बनियानी बजारमा गाईगोरुको तस्करी रोक्ने विषयमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पदाधिकारीलाई शपथग्रहण गराए जसरी नै तस्करीमा संलग्न व्यक्तिलाई शपथग्रहण गराइएको थियो ।

गाउँपालिकाका अध्यक्ष आलमले शपथ गराउँदै माइकबाट ‘म आजदेखि गाईगोरुको तस्करी गर्दिन, कानूनविपरीतका कुनै पनि गतिविधि गर्दिन’ भन्न लगाउनुभएको थियो । तस्करीको अभियोगमा पक्राउ परेका पाँच जना स्थानीयवासीले अध्यक्ष आलमले जे माइकबाट भन्नुभयो, त्यसैलाई दोहो¥याएर वाचन गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कचनकबल गाउँपालिकाका अध्यक्ष आलमले सीमा क्षेत्रमा चौपायाको तस्करी गर्नेलाई फकाएर र सम्झाएर अवैध गतिविधिबाट मुक्त गराउन शपथग्रहणको उपाय अवलम्बन गरिएको बताउनुभयो । उहाँले तस्करीमा संलग्न भएर पक्राउ परेका व्यक्ति भोट दिएर जिताएको नेता भन्दै आफूसमक्ष छुटाइदिन सहयोगका लागि आउने गरेको चर्चा गर्दै त्यस्तो गैरकानूनी काम गर्नेलाई संरक्षण नगर्ने बताउनुभयो ।

झापाको प्रहरी प्रशासन पछिल्लो समय गाईगोरुको तस्करीलाई पूर्णरुपमा नियन्त्रण गर्ने अभियानमा लागेको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक दिनेश मैनालीले गैरकानूनी कार्य नगर्ने प्रतिबद्धता जनाउने व्यक्तिलाई स्थानीय समुदायको आग्रहमा शपथ खुवाएर छाडिएको जानकारी दिनुभयो ।

झापाको पूर्वी र दक्षिणी सीमा क्षेत्रबाट वर्षौंदेखि गाईगोरुको तस्कर हुँदै आएको छ । तर केही महिनादेखि झापाको प्रहरीले रोक्नेतर्फ सक्रियता बढाएको छ । प्रहरीले बाहिरबाट तस्करीका लागि ल्याएका गाईगोरुलाई राजमार्गबाटै नियन्त्रणमा लिने र सीमा क्षेत्रबाट भारततर्फ लैजान नदिने नीति लिएको प्रहरी उपरीक्षक मैनाली बताउनुहुन्छ ।

तस्करी नगर्ने शपथ लिएका कचनकबल–४ का जलाल मियाले गाईगोरुको तस्करी धन्दा छाडेर अब धान काट्ने मजदूरी पेशा गर्ने बताउनुभयो । उहाँले आफूहरु पेशेवर तस्कर नभएर परिवार पाल्नका लागि गाईगोरुको हन्जालाई सीमा कटाइदिने मजदूर भएको बताउनुभयो । “एक हल गोरु नेपालबाट सीमा कटाएर विहार पु¥याएबापत रु ५०० पाइन्थ्यो”, मियाँ भन्नुहुन्छ, “गाउँपालिकाका अध्यक्ष र प्रहरीले यस्तो धन्दा नगर्न धेरै सम्झाउनुभयो, चित्त बुझ्यो र अब गोरु धपाउन छाडेर खेती मजदूरी गर्ने विचार गरेको छु ।”

झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले शपथ खुवाउने कार्य अनौठो लागे पनि सीमा क्षेत्रमा धन्दामा लागेका सोझासिधा व्यक्तिलाई गैरकानूनी गतिविधिबाट मुक्त गराउन यस्तो उपाय प्रभावकारी बन्ने अपेक्षा गरिएको बताउनुभयो ।

झापा जिल्ला लामो समयदेखि पशु चौपाया तस्करीको केन्द्र बन्दै गएको बताउँदै उहाँले तस्करीको जालो प्रहरीले पूरै तोडिसकेको जिकिर गर्नुभयो । उहाँले गाईगोरु तस्करी हुनै नसक्ने गरी नियन्त्रणका उपाय अवलम्बन गरिएको जनाउँदै चौपाया तस्करीमुक्त जिल्ला बनाउनका लागि स्थानीयवासी र जनप्रतिनिधिको सहयोग जरुरत हुने बताउनुभयो ।

प्रहरीले आज बिहान कनकाइ नगरपालिका–३ स्थित तुलसीबारीबाट दुई ट्रक गोरु भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएर भद्रपुर भन्सारमा बुझाएको छ । प्रहरीले तस्करीमा प्रयोग भएको ना५ख ५९४६ र ना६ख ३८४१ नंको ट्रकसमेत भन्सारमा बुझाएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com