निडर, इमान्दार र सादगी नेता शेरचन


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

अमिक शेरचन राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्नुहुन्छ । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताउनुभएका उहाँ निर्भीक, निडर र इमान्दार पनि हुनुहुन्थ्यो । त्यही सादगी नेता शेरचन अहिले गण्डकी प्रदेशको प्रमुखमा नियुक्त हुनुभएको छ ।

विसं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा जन्मनुभएका बडिबहादुर र उमादेवीका छोरा उहाँ हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा हुनुहुन्छ । युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आउनुभएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गर्नुभएको नेकपा (चौथो महाधिवेशन)को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव हुनुभएको थियो । तत्कालीन समयमा पञ्चायत विरोधी अभियानमा सक्रिय उहाँले विभिन्न समयमा कारागार जीवन पनि बिताउनुभयो ।

वामपन्थी नेता साध्यबहादुर भण्डारीका अनुसार विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र)मा शेरचन केन्द्रीय सदस्य हुनुहुन्थ्यो । शुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो । पछि त्यसैलाई एकता केन्द्रका रुपमा घोषणा गरिएको थियो । नेता भण्डारीले पछि सोही पार्टीको विद्रोही मसाल र रुपचन्द्र विष्टले नेतृत्व गरेको पार्टीसमेत एकता केन्द्रमा समाहित भएको जानकारी दिनुभयो । शेरचन विसं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष हुनुभएको थियो । त्यसका केन्द्रीय अध्यक्षमा डा बाबुराम भट्टराई हुनुहुन्थ्यो । नेता भण्डारीका अनुसार विसं २०५१ मा संयुक्त जनमोर्चाबाट डा. भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो ।

एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बन्नुभएका शेरचन चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभयो । विसं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै हुुनुभयो । विसं २०६३ मा सो पार्टी विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी) मा समाहित भएको थियो । उक्त पार्टीमा शेरचन स्थायी समिति सदस्य बन्नुभएको थियो । यससँगै उहाँले पार्टीकोअनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गर्नुभएको थियो । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत बन्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उहाँ चितवन क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको थियो । राज्य विद्रोहको मुद्दा लागेर पटकपटक हिरासतमा रहँदा त्यही प्रहरीलाई समेत कुटपिट गर्नुभएका शेरचन कम्युनिष्ट नेताहरुमध्येका साहसी नेता भएको उहाँसँग निकट रहेर राजनीति गर्नुभएका माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले बताउनुभयो । शेरचन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आमन्त्रित सदस्य हुनुहुन्छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com