न्युयोर्क र क्यालिफोर्नियामा विर्यदानका लागि आवेदन खुल्ला, मासिक आम्दानी १५ सय डलर


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

अमेरिकाको स्पर्मबैंकले बिर्यदान गरेर मासिक १५ सय डलरसम्म कमाउन सकिने भन्दै बिर्यदानका लागि आवेदन खुलाएको छ । न्युयोर्क, क्यालिफोर्निया, बोस्टन लगायतका क्षेत्रमा बस्नेहरुले त्यसका लागि आवेदन दिन सक्नेछन् ।

न्युयोर्कमा ग्रयाण्ड सेन्ट्रल एभिन्युदेखि एक ब्लक नजिक लेक्जिंटन एभिन्युमा विर्य सकलनका लागि कार्यालय समेत खोलिएको छ । न्युयोर्कमा खोलिएको कार्यालय सबैभन्दा नयाँ हो ।

बिर्यदान गर्नका लागि ५ फिट ८ इन्चभन्दा बढी उचाइ हुनुपर्ने, १९ देखि ३८ बर्षबीचको उमेरको हुनुपर्ने, कलेज गइरहेको वा दुईबर्षे तथा चारबर्षे कोर्स ग्रयाजुएट गरेको हुनुपर्ने, स्वस्थ्य हुनुपर्ने र अमेरिकामा कामगर्ने अनुमति पाएको हुनुपर्ने लगायतका प्रावधान रहेका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिर्यदान गर्नेहरुलाई मासिक १५ सय डलरसम्म दिइने, निशुल्क स्वास्थ्य चेकअप गरिने लगायतका सुविधाहरु समेत रहेका छन् । बिर्यदान गरेको परिचय भने गोप्य राखिनेछ ।

बिर्यदानका लागि आबेदन आब्हान गरेको स्पर्म बैंक सन् १९७७ मा स्थापना गरिएको हो । ३५ बर्षभन्दा लामो समयदेखि कृयाशिल यो बैंक विश्वको नम्बर १ बिर्यबैंकका रुपमा स्थापित रहेको छ ।

बिर्यदानका लागि आवेदन दिइसकेपछि बैंकले सम्पर्क गर्नेछ । त्यसपछि बैंकको शाखामा गएर एउटा गोप्य कोठामा गई बिर्य निकालेर दिनुपर्छ । सबै प्रकृया पूरा भई आवेदन स्वीकृत भएमा हप्ताको दुईदेखि तीनपटकसम्म बिर्यदान गर्न सकिनेछ ।

आवेदन दिन चाहनेहरुले यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com