विद्यालयको अध्यक्ष बन्न शैक्षिक योग्यता


प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार

शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ ।

नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावलीअनुसार माध्यमिक तहको विद्यालयको सञ्चालक समितिको अध्यक्षका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समितिको अध्यक्ष बन्न उच्च मावि तहको अनिवार्य शिक्षा उत्तीर्ण हुनुपर्र्ने नियम लागू गरेको हो ।

नगर शिक्षा समितिका संयोजक एवं नगर प्रमुख नरेन्द्र गुप्ताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयको सञ्चालक समितिको अध्यक्षको शैक्षिक योग्यताले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले सो नियमावली कार्यान्वयनको थालनी गरिएको जानकारी दिनुभयो ।

सोही शैक्षिक योग्यताका आधारमा वडा शिक्षा समितिबाट सिफारिस भई आएका तीन जना नामावलीउपर नगर शिक्षा समितिले एक जनालाई विद्यालयको सञ्चालक समितिको अध्यक्ष पदमा बहाली गर्ने गरेको छ भने बाँकी सदस्य नियमानुसार चयन हुने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस निर्णयसँगै सामुदायिक विद्यालयका सञ्चालक समितिको अध्यक्षमा अध्ययन गरेको योग्य व्यक्ति आउने भएपछि विद्यालयको शैक्षिक गुणस्तर सुधारमा निकै सघाउ पुग्ने अपेक्षा गरिएको नगर प्रमुख एवं नगर शिक्षा समितिका संयोजक गुप्ताले बताउनुभयो ।

तत्कालको अवस्थामा नगरभित्र विद्यालय सञ्चालक समितिको म्याद सकिएका विद्यालयमा सोहीअनुसार नगर शिक्षा समितिले सञ्चालक समिति बनाउने गरेको छ । यसअगावै रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय गाभ्ने अभियान, आन्तरिक स्रोत व्यवस्थापनलगायतका काम थालनी गरिसकेको छ । रामग्राम नगरपालिकाभित्र जम्मा ३३ वटा सामुदायिक विद्यालय रहेका छन् ।
––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com