विश्व रेकर्ड ब्रेकर दिनेशलाई प्रचण्डबाट प्रमाणपत्र हस्तान्तरण, अमेरिकाज गट ट्यालेण्टमा भाग लिने


प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा तेस्रो पटक नाम लेखाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनारलाई पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।

राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा रेकर्डब्रेकर दिनेशलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो । कार्यक्रमको आयोजना ब्यालेन्स ग्रुप अफ कम्पनीजले गरेको थियो ।

दिनेशले ३० सेकेण्डमा दिनेशले १२ पटक ट्विस्टिङ्ग ब्याक फ्लिप्स गरेर द मस्ट ट्विस्टिङ्ग ब्याक फ्लिप्स इन बालमा रेकर्ड बनाएका हुन् ।

यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय मुवाथाई संघले दिनेशलाई मानर्थ सदस्यको प्रमाणपत्र समेत प्रदान गरिएको थियो । संघका अध्यक्ष गणेश लाल कक्षपतिले उनलाई मानर्थ सदस्यको प्रमाणपत्र प्रदान गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा दिनेशलाई पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल, शसस्त्र प्रहरीका पूर्व आईजीपी सनत कुमार बस्नेत लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रम ब्यालेन्स ग्रुप अफ कम्पनीजका कार्यक्रम संयोजक मनोज पन्थीको सभापतीत्वमा भएको हो ।

दिनेश अमेरिकाको चर्चित टिभी कार्यक्रम अमेरिकाज गट ट्यालेन्टका लागि समेत छनोट भएका छन् । अमेरिका गट ट्यालेन्टमा सहभागी हुने दिनेश पहिलो नेपाली खेलाडी हुन् ।

कार्यक्रममा भाग लिनका लागि उनी अमेरिका आउने तयारीमा समेत छन् । ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा लि को सहकार्यमा उनले अमेरिकाज गट ट्यालेन्ट कार्यक्रम नेपालको प्रतिनिधित्व गरि नेपालको इतिहासमा नै पहिलोपटक भाग लिन लागेका हुन् । साथै दिनेशले अमेरिकाज गट ट्यालेण्टमै चौथो वर्ल्ड रेकर्डको प्रयास गर्नेछन् ।

अमेरिकामा रहँदा उनले विभिन्न शहरमा आफ्नो कला प्रदर्शन गर्ने भएका छन् । भिजिट नेपाल २०२० लाई लक्ष्यीत गरी आफ्नो कला प्रदर्शनको तयारी गरेको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com