पोकली झरना महोत्सव हुने


प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले ओखलढु्ङ्गाको पर्यटकीय क्षेत्र पोकली झरना परिसरमा ‘पोकली झरना महोत्सव’ हुने भएको छ ।पोकली झरनाको प्रवद्र्धन गरी आन्तरिक तथा विदेशी पर्यटक आकर्षण गर्ने लक्ष्यसाथ पोखली झरनासेवा समाजले यही कात्तिक १६ र १७ गते महोत्सव आयोजना गर्न लागेको हो ।

झरनाको सौन्दर्य र महत्वलाई विश्वस्तरमा चिनाउन तथा पर्यटन वर्षलाई केन्द्रित गरी प्रभावकारी रुपमा प्रचारप्रसार गर्ने उद्देश्यसाथ महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । भ्रमण वर्षका दौरानमा सो झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसाथ महोत्सव गर्न लागिएको समाजका अध्यक्ष मिलन विष्टले बताउनुभयो ।

सरकारले पोकली झरनालाई एक सय गन्तव्यको सूचीमा राखेर प्रवद्र्धन गरिरहेको छ । सङ्घीय सरकारले रु २५ लाख, प्रदेश सरकारबाट रु ५० लाख र गाउँपालिकाबाट रु १० लाख बजेट विनियोजन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका सांसद यज्ञराज सुनुवारले पनि आफ्नो सांसद विकास कोषमार्फत रु ५० लाख विनियोजन गर्नुभएको छ ।

उल्लेखित बजेट पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गर्नेगरी पोकलीको विस्तुत गुरुयोजना तयार हुदैँ गरेको जनाइएको छ । वृत्तचित्र निर्माण, ‘फन पार्क’, झरना आसपासमा सिँढी निर्माण तथा त्यस क्षेत्रमा २५ वटा घरबास कार्यक्रम ‘होमस्टे’ बसपार्क निर्माणलगायत ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन भइरहेको समाजका महासचिव शम्भु बरालले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रानीवनको काखमा रहेको पोकली झरनाको संरक्षणका लागि झरनाको शिर माथितिर सिरानमा एक हजार करोड लिटर क्षमताको ‘ड्याम’ निर्माण गर्ने योजना रहेको समाजले जनाएको छ । बर्खामा प्रशस्त पानी भए पनि हिउँदको समयमा पोकली झरनाको पानी कम हुदाँ सौन्दर्य घट्न नदिनका लागि पानी सञ्चित गर्न लागिएको हो ।

समुद्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाइको सो झरना १३० मिटर उचाइको छ । कर्णाली प्रदेशको कालिकोटस्थित १४८ मिटर उचाइको पचल झरना नेपालको पहिलो उचाइको र पोकली दोस्रो झरना मानिन्छ ।
राजधानी काठमाडौँबाट १८३ किलोमिटर दुरीमा रहेको पोकली झरनासम्म यातायातको पहुँच छ । काठमाडाँैबाट सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली हुदैँ झरनास्थल पुग्न सकिन्छ । त्यहाँ बसोवासका लागि होमस्टेको पनि व्यवस्था रहेको बताइन्छ ।

पोकली झरना र आसपास क्षेत्रमा रहेको ओखलढु्ङ्गाका सम्भावित पर्यटकीयस्थलको प्रवद्र्धनार्थ कार्यक्रम गरिएको समाजका महासचिव शम्भु बरालले जानकारी दिनुभयो । समाजका सल्लाहकार बालकृष्ण ढुङ्गेलले पर्यटकीय क्षेत्र पोकली झरनालाई सगरमाथाको दृश्यावलोकन गर्न पाइने प्रसिद्ध पिके लेकसम्मका पदयात्रालाई समेत प्रवद्र्धन गर्न महोत्सव उपयोगी हुने बताउनुभयो ।

धान झुलेको र गुराँस फूलेको बेला पर्यटकीय आकर्षण थप्ने पोकली झरना हिँउदको समयमा पनि क्यानोनिङलगायत खेलका लागि आकर्षक मानिन्छ । यो क्षेत्रमा बाहै्रमहिनै पर्यटकीय गतिविधि बढाउन पनि महोत्सवले टेवा पुग्ने आयोजकको बुझाई छ ।

महोत्सवका अवसरमा राष्ट्रियदेखि स्थानीय कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । शेर्पा, तामाङ, गुरुङ, सुनुवार,मगरलगायत समुदायको स्थानीय झाँकी प्रदर्शन गरिनेछ । काठमाडौँको इन्द्रेणी कला समाजको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । विसं २०३६ मा स्थापना भएको संस्थाले पोकली क्षेत्रको पर्यटन प्रवद्र्धनार्थ विभिन्न महोत्सव गर्दै आएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com