टेलिफोनको टावरको समस्या भएपछि तल्लो डोल्पाको मुडकेचुला गाउँपालिका– ६ नर्कुका स्थानीयवासी आफन्तसँग कुरा गर्नका लागि दुई घण्टा उकालो हिँडेर कोट्ठाना लेकमा गई रुख वा ढुँगामा चढेर मोबाइलमा कुरा गर्दै । तस्वीरः हेमन्त केसी
पश्चिमाञ्चल होटल संघ पोखराद्वारा पोखरामा आयोजित १३ औं संस्करणको भाइटीका महोत्सवमा सहभागी बन्दै विदेशी पर्यटक । तस्वीरः वासुदेव पौडेलवीरगञ्जको घण्टाघर चोकस्थित बजारमा बुधबार छठ पर्वका लागि आवश्यक पर्ने बासका चोयाबाट निर्मित विभिन्न सामग्री खरीद गर्दै व्रतालु । तस्बिर : विजयकुमार महतोमेलम्ची बाह्रबिसे नगरपालिका घुम्थाङस्थित थगाम टोलकी ३९ वर्षीय माइली तामाङको फुर्सदिलो दैनिकी अचेल गलैँचा बुन्दै व्यस्त । तस्बिर : देवराज सुवेदीम्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको फाँटमा पाक्न लागेको लहलहै झुलेको धान । बगरफाँट धान उत्पादनको पकेट क्षेत्र हो । तस्वीर : धु्रबसागर शर्माम्याग्दीको मंगला गाउँपालिका–३ कस्केरीमा स्थानीय भीमबहादुर थापाको घरमा भएको आगलागी । आगलागी हुँदा घर जलेर नष्ट हुनुका साथै रु ५ लाख बराबरको क्षति भएको छ । तस्वीर : धु्रबसागर शर्मासडक पहुँच नभएको डोल्पाको मुडकेचुला गाउँपालिकाका स्थानीय नलगाड नगरपालिकास्थित बजारबाट सामग्री खच्चडमा लिएर जाँदै । तस्वीर : हेमन्त केसीटेलिफोनको टावरको समस्या भएपछि तल्लो डोल्पाको मुडकेचुला गाउँपालिका– ६ नर्कुका स्थानीयवासी आफन्तसँग कुरा गर्नका लागि दुई घण्टा उकालो हिँडेर कोट्ठाना लेकमा गई रुख वा ढुँगामा चढेर मोबाइलमा कुरा गर्दै । तस्वीरः हेमन्त केसीतनहुँको भीमाद नगरपालिका–६ मा यात्रुबाहक बसलाई छेकेर भैलो खेल्दै युवायुवती । सार्वजनिक सवारीसाधनलाई रोकेर देउसीभैलोको नाममा रकम असुल्ने गरिएको छ । तस्वीर : कृष्ण न्यौपानेपाल्पाको तानसेनस्थित प्रवास ताल संरक्षणको अभाव रहेको छ । तस्बिर : कृष्ण दर्नालतनहुँ कृषि सहकारी संस्था लिमिटेडले व्यास नगरपालिका–४ सिमलटारमा गरेको सयपत्री फूल खेती । स्थानीय स्तरमा फूलको माग बढेपछि सहकारीले फूलखेती शुरु गरेको हो । तस्बिर : कृष्ण न्यौपानेछठ पर्व नजिकिएसँगै वीरगञ्जको घण्टाघर चोकमा लौका खरीद गर्दै महिला । छठ पर्वको पहिलो दिन व्रतालुले अनिवार्य रुपमा लौकाको तरकारी खाने भएकाले छठ पर्वमा लौकाको मूल्य सामान्य भन्दा चार गुणा बढेको छ । तस्बिर : विजयकुमार महतोराजविराजस्थित चित्रगुप्त मन्दिर परिसरमा बुधबार आयोजित एक समारोहमा रु एक लाखमा खरीद गरिएको कलम रेखादेवी कर्णलाई हस्तान्तरण गर्दै चित्रगुप्त सेवा समितिका पदाधिकारी । तस्बिर : नानीमैया कटवालसप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२ स्थित कोशी बाँधमा फेला परेको १५ किलोग्रामको अजिङ्गर । नेपाल प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा ल्याएका छन् । तस्वीर : नानीमैयाकाभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ भैसेपाटीस्थित हिमाल ग्यास उद्योगको अगाडि अरनिको राजमार्ग छेउमा रोकी राखेको बसमा भएको आगलागी । बसमा आगलागी हुनुको कारण भने एकिन भइरकेको छैन । तस्बिर : पेमा लामाकञ्चनपुरको जोनापुरका थारु ज्येष्ठ नागरिक परम्परागत सीपको सदुपयोग गरी डोरी तयार गर्दै । बजारमा सहजै डोरी खरिद गर्न पाईन थालेपछि डोरी बनाउने सीप ओझेलमा पर्न थालेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरुकञ्चनपुरको सनवोरा नदीमा माछा मार्दै गरेका थारु महिला । तिहार मनाएर र धानबाली भित्राएपछि फुर्सदिला बनेका थारु महिला बिहानको झिसमिसेमै जाल बोकेर माछा मार्नका लागि जाने गरेका छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरुकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान बाला नलागेको गरिमा धान पावर टिलरको सहायताले काटदै । नगरपालिकाका ८८ जना किसानले लगाएको गरिमा धानमा बाला नलागेपछि घाटा व्यहोर्न बाध्य भएका छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरुधनगढी—डडेलधुरा (भीमदत्त) राजमार्गमा पर्ने कैलालीको भासु भीर सडक खण्ड । डरलाग्दो र निकै उचाइमा रहेको यो सडक खण्डमा यातायातका साधनबाट यात्रा गरिरहँदा कतिपयले कुनै जोखिम नहोस भनेर भगवानको नाम लिने गर्दछन । तस्वीर : सिद्धराज भट्ट
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।