सर्वपक्षीय सरकार बनाएर तीनै तहको चुनाव एकैपटक गरौं : डा. भट्टराई


प्रकाशित मिति : फाल्गुन २१, २०७३ शनिबार

नयां शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले तीनै तहको निर्वाचनका लागि सर्वपक्षीय सरकार बनाउनु पर्ने बताउनु भएको छ ।  

एबीसीको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै डा . भट्टराईले आफू भने प्रत्यक्ष निर्वाचित भएर नचुनिएसम्म सरकारमा जाने कुनै चाहना नभएको स्पष्ट गर्नुभयो ।  

भट्टराईले अहिले सरकारले घोषणा गरेको निर्वाचन पार्टी कोष बलियो बनाउन नयां नयां भ्रष्टाचारको बहाना भएको दावी गर्नुभयो ।

संसदमा रहेको संविधान संशोधन विधेयक व्यापक छलफल गरी पारित गर्ने र सवै पक्ष सहभागी भएको स्वच्छ र निष्पक्ष सरकार बनाएर तीन तहको चुनाव गर्नु नै उत्तम विकल्प हुने डा. भट्टराईको सुझाव छ ।

भट्टराईले हालै रविन्द्र मिश्रहरुले सुरु गरेको नयां पार्टीको समेत स्वागत गर्नुभएको  छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com