डीसीमा ग्लोबल नेपाल फेस्ट २०१७ को भव्य तयारी 


प्रकाशित मिति : फाल्गुन २१, २०७३ शनिबार

 
बिजय थापा ,वाशिंगटन डिसी ,
 
सन् २०१२ देखि अमेरिकाको राजधानी वाशिंगटन डिसीमा नेपाली नया बर्ष को सेरोफेरोमा ग्लोबल नेपाल फेस्ट आयोजना गर्दै आएको संस्थाले यस बर्ष पनि ग्लोबल नेपाल फेस्ट २०१७ को आयोजना गर्ने भएको छ l 
 
डिसी महानगर क्षेत्रको भर्जिनियामा दर्ता भएको भिन्तुना ईनटरनेसनल(अन्तर राष्ट्रिय )को आयोजना मा आगामी अप्रिल १६ तारिख ग्लोबल नेपाल फेस्ट २०१७ नामक नेपाल झल्किने र झल्काउने प्रकारको कार्यक्रम वाशिंगटन डीसीमा गर्ने भएको छ l 
 
भिन्तुना ईनटरनेसनलको मूल उदेश्य नेपालका कुनै पनि चिजलाई प्रबर्धन गर्नु हो l यो संस्थाले सयुक्त राज्य अमेरिका भित्र मात्र प्रबर्धन गर्ने नभै बिश्व भरि नै पुर्याउने लक्ष्य रहेको छ l नेपालका संगीत ,कला ,पर्यटक ,संस्कृति ,कलाकार ,हस्तकला ,चित्रकला ,भेषभूषा ,नेपाली ब्यबसाय ,गैर मुनाफा संस्था तथा अन्य चिजलाई व्यापक रुपमा प्रबर्धन गर्ने र फैलाउने रहेको छ l
 
आगामी वसन्त ऋतुमा अमेरिकाका विभिन्न राज्यहरुमा ग्लोबल नेपाल फेस्ट २०१७ को आयोजना गरिने जानकारी भिन्तुना ईनटरनेसनल सुरेश सापकोटाले दिएका छन् भने अप्रिल १६ मा डीसी तय भै सकेको छ भने अप्रिल २३ मा बोस्टनमा पनि तय भएको छ l यस्तै गरि अन्य शहरहरुमा गर्ने कार्यक्रम रहेकोले मिति तथा तिथि छिटै जानकारी गराइने आयोजक ले बताएका छन् l 
 
यसको साथै नेपालको पर्यटन उद्योगलाई व्यापक प्रचार प्रसार गर्नुको साथै नेपालको पहिचान बिदेशीहरुलाई समेत गर्ने लक्ष्य  रहेको उक्त कार्यक्रममा अमेरिका भर रहेका नेपाली समुदायलाई आफुले जान पहिचानका बिदेशी नागारिकलाई समेत अवगत गराउन र उत्प्रेरणा गरि सहभागी गराउन गर्न आयोजकले आग्रह गरेको छ 
 
सो उदेश्यलाई कार्यन्वयन गर्न र मुर्त रुप दिन सन् २०१३ मा  ग्लोबल नेपाल फेस्ट वाशिंगटन डिसीमा अभूतपूर्व सफलताको साथ सम्पन्न गर्दै बिदेशीहरुलाई नेपालको चिनारी गराउन सफल भएको थियो l ग्लोबल नेपाल फेस्ट २०१३ मा नेपालको लागि पदयात्रा कार्यक्रम को आयोजना गराई व्यापक सहभागिता बाट नेपालको लागि आर्थिक श्रोत पनि जुटाउन सफल भएको थियो
 
नेपालको पैदल यात्रा कार्यक्रमको शुभारम्भ वाशिंगटन डिसीको चर्चित जेफर्सन स्मारकबाट सहभागीहरुले पद यात्रा गर्दै  ग्लोबल नेपाल फेस्ट २०१३ संचालन भएको प्रांगणमा भेला भै कार्यक्रम बिसर्जन गरिएको थियो  l ग्लोबल नेपाल फेस्ट (उत्सब )ले  गैर मुनाफा संस्थाहरुलाई मात्र सहयोगमा सिमित नराखी उदेश्य अनुरुप स्थानीय ब्यबसाहीहरुको व्यवसायमा ठुलो सहयोग गरेको छ l
 
उनीहरुले आफ्ना व्यवसाय प्रबर्धन गर्न प्रदर्शनकक्ष राखी नेपालमा उत्पादन र निर्माण भएका अद्वितीय सामाग्रीहरु सजाएर बिदेशीहरुलाई नेपालको पहिचान गराउन सफल भएका थिए l सो कार्यक्रममा डिसीका तत्कालिन नगर प्रमुख भिन्सेन्ट सीग्रे ले ग्लोबल नेपाल फेस्ट २०१३ उत्सबलाई समर्थन गर्दै अनुमोदन गरेका थिए भने अमेरिकाका लागि पूर्व नेपाली राजदुत शंकर प्रसाद शर्मा(बिद्या वारिधि )को उपस्थिति रहेको थियो l
 
यसको साथै उक्त समयमा साँझपख सुरेन्द्र मान सिंह (कर्मा ब्याण्ड  ) ,फिरोज स्याङ्गदेन  (ए डी १९७४) निश्चल श्रेष्ठ र मोक्ष संगीत मण्डलीले भरपूर मनोरंजन प्रदान गराएको थियो भने यस पटक पनि बिबिध कार्यक्रम गरिने भिन्तुना ईनटरनेसनलका प्रमुख कार्यकारी अधिकारी राम चन्द्र खरेलले बताए l 
 
उत्सवबाट आएको केहि रकम भिन्तुना इन्टरनेसनलका अधिकारिक सहयात्री गैर मुनाफा सामाजिक संस्था सोरवे फाउन डेसन तथा लिवेरेटेड लाई सहयोग गर्ने भएको छ l 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com