चाडपर्वमा सवारीसाधन अभाव


प्रकाशित मिति : कार्तिक १०, २०७६ आईतबार

पाँचथरलगायत पूर्वी पहाडी जिल्लामा चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनको अभाव हुने गरेको छ । लामो तथा छोटो दूरीमा चल्ने ट्याक्सी, जिप, बोलेरोलगायत साना सवारीकासाधनको चाडपर्वमा अभाव हुने गरेको छ ।

चालक चाडपर्व मनाउन आ–आफ्नो घर जाने भएकाले चाडपर्वमा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । चाडपर्वमा अन्य समयभन्दा यात्रुको सङ्ख्या दोब्बरभन्दा बढी हुने गरेका कारणसमेत सवारीसाधनको अभाव हुने गरेको छ । ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमबाट झापासम्म दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन सञ्चालन हुने गर्दछन् । यहाँका ग्रामीण क्षेत्रबाट समेत तराईका विभिन्न जिल्लामा सवारीसाधन सञ्चालन हुन्छन् । झण्डै ९९ प्रतिशत साना सवारीसाधन चल्ने गरेकाले चाडपर्वमा यात्रुलाई हैरानी हुन्छ ।

हिमाल यातायात प्रालिका कर्मचारी निशान लिम्बूका अनुसार दशैँ र तिहारमा यात्रुको सङ्ख्या थेग्नै नसक्ने हुन्छ । यही समय देश विदेशबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी पाथीभरा मन्दिर दर्शन गर्न आउँछन् । कतिपय आफैँ सवारीसाधन लिएर आउँछन् । अधिकांशले मेची राजमार्गमा सञ्चालन हुने सवारीसाधन नै प्रयोग गर्छन् । “सवारीसाधन अभावले यात्रु समयमै गन्तव्यमा पुग्न सक्दैनन्”, लिम्बूले भन्नुभयो । सवारीसाधन सीमित तथा यात्रुको सङ्ख्या अत्यधिक हुँदा समस्या हुने गरेको छ ।

विगतमा झापाको विर्तामोड र दमक तथा सुनसरीको धरानबाट इलाम, फिदिम र ताप्लेजुङसम्म बस सञ्चालन हुने गरेको थियो । साँघुरो तथा धेरै घुम्ती भएका कारण मेची राजमार्गमा यात्रुले बसको सट्टा साना सवारीसाधन प्रयोग गर्न रुचाउने गरेका छन् ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com