नेब्रास्कामा १४ कागजपत्रविहिन आइसको नियन्त्रणमा


प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नेब्रास्काको मेडिसनबाट १४ जना कागजपत्रविहिनलाई नियन्त्रणमा लिएको छ । बुधबार आइसको छापामा उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

आइसका विशेष एजेण्टले मेडिसनको डी एण्ड डी उद्योगमा छापा मारेका थिए । त्यही क्रममा १४ जना कागजपत्रविहिनहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ११ जना मेक्सिकन र ३ जना ग्वाटेमालाका नागरिक रहेका छन् ।

आइसले कार्यस्थलमा छापालाई निरन्तरता दिने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु सबैलाई आइसको हिराशतमा राखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com