ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने


प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार

आगामी दिनमा टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने भएको छ । लामो समय फोहर थुपारेर राख्दा वातावरण प्रदूषणको समस्या उत्पन्न भएपछि काठमाडौँ महानगरपालिकाले केही समयका लागि फोहर राखे पनि यसअघिजस्तो लामो समय फोहर नराख्ने जनाएको छ ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले अबदेखि ट्रान्सफर स्टेशनमा फोहर जम्मा गरेर नराख्न र सोहीअनुरुप काम गर्न कर्मचारीलाई आग्रह गर्नुभएको छ । विगतका समयमा काठमाडौँ शहरका सडक र गल्ली–गल्लीका फोहर महीनौँसम्म ट्रान्सफर स्टेशनमा राख्ने गरिएको थियो । सङ्कलित फोहरलाई ठूला सवारी साधनबाट नुवाकोटस्थित ल्याण्डफिल साइटमा व्यवस्थापन गर्दै आएको थियो ।

कामपाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले प्राविधिक समस्या मिलाउनुप¥यो भने एक दिनसम्म राख्न सकिन्छ । त्योभन्दा बढी ट्रान्सफर स्टेशनमा फोहर नबस्ने बताउनुभयो ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहर व्यवस्थापनमा प्रयोग हुने सवारी र फोहर राख्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैँचा बनाएर फोहरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com