सातवटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन सकिने स्वर्गाश्रम


प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार

म्यादीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रमबाट म्याग्दी र मुस्ताङका सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने नयाँ तथ्य फेला परेको छ ।

प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने तथ्य भने हालै मात्र पत्ता लागेको हो । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुन र स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष रत्न जिसीको पहलमा गरिएको खोज र अनुसन्धानबाट स्वर्गाश्रमबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको दर्शन गर्न सकिने तथ्य पत्ता लागेको हो ।

प्राकृतिकरुपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न पाउनु अद्वितीय विशेषता पनि रहेको स्वर्गाश्रम विकास समितिका अध्यक्ष रत्न जिसीले बताउनुभयो ।

यहाँ तपस्वीनी ईश्वरानन्द सरस्वतीले २० वर्षसम्म कठोर तपस्या गरी सिद्धिप्राप्त गरेपछि देवघाटमा जानुभएको थियो । हाल यस क्षेत्रको प्रचारप्रसारका लागि समितिले तपस्वीनी ईश्वरानन्द सरस्वतीलाई पनि यही बोलाएको छ । अहिले तपस्वीनी सरस्वती घना जङ्गलको बीचमा रहेको स्वर्गाश्रममा एक्लै तप र ध्यान गरेर बसिरहनुभएको बेनपा–३ का वडाध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वडाध्यक्ष पुनका अनुसार सातवटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन गर्न सकिने सम्भवतः नेपालकै पहिलो ठाउँ स्वर्गाश्रम हो । स्वर्गाश्रमको आँगनबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधान, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको यहाँबाट दर्शन गर्न सकिन्छ ।

तपस्वीनी सरस्वतीका अनुसार पनि एकै ठाउँबाट सातवटा तीर्थस्थल दर्शन गर्न सकिने नेपालको एकमात्र ठाउँ स्वर्गाश्रम नै हो । स्वर्गाश्रमको ढोकाबाट पूर्वतर्फ सुन्दर बेनी बजारसँगै कालीगण्डकी, महारानी थान, उत्तरतर्फ गलेश्वरधाम, जगन्नाथधाम, मुक्ति क्षेत्रलगायतका तीर्थस्थलको अवलोकन गर्न सकिने उहाँले बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com