यी हुन् एनआरएनएका बाचा


प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार

सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ ।

एनआरएनएले नेपालको समृद्धिका निम्ति ठूला आयोजनामा नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्तासँग समन्वय गराउने तथा स्वदेशमा बाह्य लगानी, प्रविधि, सीप, अनुभव तथा ज्ञान आकर्षणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।

अबको केही महीनापछि नै औपचारिकरूपमा शुरुआत हुने भ्रमण वर्षलाई भव्यरूपमा सफल बनाउन एनआरएनएले विश्वभरि रहेको आफ्नो बलियो सञ्जाललाई वर्षैभर भरपुर उपयोग गर्ने प्रण गरेको छ । एनआरएनले विदेशी लगानी आकर्षणको वातावरण बनाउन नेपालको कूटनीतिक नियोग रहेका र धेरै नेपालीको बसोबास रहेका मुलुकहरुसँग अविलम्ब दोहोरो कर उन्मुक्तिको सम्झौता, लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौतालगायतका सम्झौता अविलम्ब गर्न नेपाल सरकारसँग आह्वान गर्दै त्यसका लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

विज्ञान तथा प्रविधिमा संलग्न गैरआवासीय नेपालीको तथ्याङ्क तयार गर्दै ती संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धानसम्बन्धी क्रियाकलापका लागि अनुकूल वातावरण तयार पार्न सम्मेलनले प्रतिबद्धता जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“सन् २०३० सम्म नेपाल सरकारद्वारा निर्धारित सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकासका लक्ष्यहरु पूरा गर्ने र मध्यम आय भएको राष्ट्र बन्नेसमेत तीन महत्वाकांक्षी विकास लक्ष्यहरूसँग सम्बन्धित रणनीतिहरूमा गैरआवासीय नेपालीहरूको महत्वपूर्ण भूमिका र योगदान हुनसक्ने जनाउँदै उपरोक्त लक्ष्यहरू पूरा गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ”, घोषणपत्रमा भनिएको छ ।

‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारासहित सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भव्य रुपमा सफल पार्न सहयोग गर्नुहुने राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मन्त्रीगण, राजदूत, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा निजी क्षेत्रका व्यावसायिक संस्थाका प्रतिनिधि एवं एनआरएन संस्थापक अध्यक्ष, विकास साझेदार संस्थालगायतले सम्मेलनले हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।

काठमाडौँमा यही असोज २८ देखि ३० गते सम्मेलन भएको एनआरएनएको तीनदिने सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशनले कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सम्मेलनमा ं ८० देशका दुई हजार ६५६ प्रतिनिधि सहभागी थिए ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com