रुपन्देहीको सैनामैनामा फूलखेती


प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार

– युवराज पाण्डे

रुपन्देहीको सैनामैना नगरपालिकामा अतिथिलाई लगाउने खाँदा विस्थापित गर्न फूलखेती शुरु गरिएको छ । खासगरी नगरपालिकाको विभिन्न वडामा रहेका आमा समूहले आयआर्जनका लागि फूलखेती शुरु गरेपछि नयाँ अनुभव हासिल भएको बताएका छन् ।

“हामीले माला उत्पादन गरेर खाँदा विस्थापित मात्रै गर्न सक्यौँ भने पनि ठूलो उपलब्धि हुन्छ”, पैरवी आमा समूह सैनामैनाकी अध्यक्ष सीता जिसीले भन्नुभयो । उहाँले फूलखेतीका लागि मिहेनत धेरै गर्नुपर्ने अनुभव गरिएको जानकारी दिँदै फूलखेतीबाट धेरै उत्साहित भएको बताउनुभयो ।

सयपत्री फूलको खेती सैनामैना वडा नं ४ स्थित सिसौँडाँडामा गरिएको छ । सो आमा समूहले ११ कठ्ठा जग्गा भाडामा लिए पनि पाँच कठ्ठा जग्गामा मात्रै फूलखेती गरेकोे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त आमा समूहले नगरपालिकाले प्रदान गरेको रु ५० हजार अनुदानसमेत लिएको छ । रु एक लाख ८० हजार फूलखेतीमा लगानी गरेको आमा समूहले सोचेजस्तो बिरुवा नभएको कारण आम्दानी कम हुने अनुमान भएको बताएको छ ।
आमा समूहकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले रु १०० देखि रु १५० सम्ममा माला बनाएर बेच्ने गरेको उल्लेख गर्दै स्थानीय बजारमै फूलखेती खपत हुने बताउनुभयो । उहाँले तीन वर्षका लागि रु ३० हजार वार्षिकरूपमा भाडा तिरेको जानकारी दिँदै ५० प्रतिशत फूलको बिरुवा रोग लागेर खेर गएको बताउनुभयो । कोषाध्यक्ष श्रेष्ठले अन्नपूर्ण एग्रोभेट, बुटवलबाट ल्याएको फूलको बीउ गुणस्तरीय नभएको उल्लेख गर्दै फूलखेतीको प्राविधिक विश्लेषण नभएको गुनासो गर्नुभयो । त्यस्तै सैनामैना नगरपालिका–७ आमीको पुष्पाञ्जली आमा समूहले गरेको फूलखेती अधिकांश खेर गएको छ ।

“आधाभन्दा बढी फूलको बिरुवा गोडेर फालेका छौँ”, पुष्पाजञ्ली आमा समूहका उपाध्यक्ष निरु रानाले भन्नुभयो । उहाँले रु दुई हजार वार्षिकरूपमा तिरेर जग्गा भाडामा लिएर फूलखेती गरेको जानकारी दिँदै ठिमाहा बीउ र पतेरोको ठूलो समस्या देखिएको बताउनुभयो ।

“धेरैले फूलखेती नगरेकाले फूलखेतीमा फाइदा हुन्छ भनेर यो खेती गरेका हाँै”, उपाध्यक्ष रानाले भन्नुभयो । कृषि विकास शाखा सैनामैना नगरपालिकाका कृषि अधिकृत सिर्जना सुवेदीले कृषकले नै कम गुणस्तरको बीउ ल्याएकाले समस्या देखिएको उल्लेख गर्दै पूजा, विवाह, व्रतबन्धमा फूलको प्रयोग बढाएर बजार व्यवस्थापनमा सहयोग गरेको बताउनुभयो ।

उहाँले नगरपालिकाकोतर्फबाट फूल लगाउने विधि, रोगको समस्या देखिँदा प्रयोग गर्ने ‘मल्टी भिटामिन’ को प्रयोग गर्न सुझाएको जानकारी दिँदै फूलखेतीबाट मालाको प्रयोग गरेर खाँदा विस्थापित गर्न सके उपलब्धि हुन्छ भन्नुभयो । सैनामैना नगरपालिकाको वडा नं ४ र ७ बाहेक ६, ८, १० र ११ मा पनि रु ५० हजार अनुदान दिएर फूलखेती गरिएको छ । नेपालीको चाड भाइटीकामा फूलको प्रयोग बढी हुने भएकाले पनि कृषकको उत्साह बढेको छ । –––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com