राष्ट्र र जनताका अपेक्षा पूरा गर्नुपर्छ ः मुख्यमन्त्री गुरुङ


प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र र जनताको अपेक्षा पूरा गर्नका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताउनुभएको छ ।

नेकपा कास्कीद्वारा विजयादशममीलगायत विभिन्न चाडपर्वको अवसरमा आज पोखरामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भई संविधानसमेत कार्यान्वयन भइसकेको बताउनुभयो ।

समृद्ध नेपाल सुखी नेपाली सबैको साझा अभियान भएको बताउँदै उहाँले संविधानतः निर्दिष्ट गरिएका अधिकारलाई आपसी समन्वयसमेतका आधारमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्जसमेत रहनुभएका उहाँले सङ्घीयताको मर्मअनुसार अघि बढ्न सके संविधान कार्यान्वयनले पनि सही गति लिनुका साथै राष्ट्र र जनताका आवश्यकतालाई सम्बोधन गरी अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । विजयादशमीलागयतका विभिन्न चाडपर्वले देशमा भ्रष्टाचार निर्मूल भई सुशासनयुक्त समृद्ध राष्ट्र निर्माण गर्न प्रेरणा दिने विश्वास लिइएको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले कास्की निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टी कास्की जिल्ला कमिटीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले विकासका लागि जनप्रतिनिधि र कार्यकर्ता एकजुट भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com