साउदी राजा सलमानका अंगरक्षकलाई उनकै एक साथीले गोली हानेर हत्या गरिदिएका छन् । आपसी विवादपछि जनरल अब्देल अजिज अल फागमहालाई आफ्नै साथी ममदोह बिन मेसल अल अलीले शनिबार साँझ गोली हानेको प्रहरीले जनाएको छ ।
फागमहाको अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो । अलीको घरमा पुगेका फागमहाको सामान्य विवादपछि हत्या भएको थियो । अलीले आफ्नो घरबाहिरबाट गोली ल्याएर राजाका अंगरक्षकको हत्या गरेका थिए ।
आक्रमणकारीको प्रहरी कारबाहीमा मृत्यु भएको छ । गोली आक्रमणमा अन्य सातजना घाइते भएका छन् । घाइते हुनेमा पाँच सुरक्षाकर्मी र दुई सर्वसाधारण छन् । जनरल फागमहा साउदीमाझ लोकप्रिय थिए । उनी तत्कालीन राजा अब्दुलाहका पनि निजी अंगरक्षक थिए । सामाजिक सञ्जालमा उनलाई ‘नायक’ र ‘एन्जिल’ भन्दै धेरैले प्रशंसा गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।