इन्टरनेटको लत : कम उमेरमै मेरुदण्डको समस्या


प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार

५५ वर्षको उमेरपछि ढाड दुख्ने समस्या देखिनुलाई सामान्य मानिन्छ । उमेर बढ्दै जाँदा शारीरिक समस्या, रोगको प्रभाव आदिले मेरुदण्डमा समस्या देखिन सक्छ । तर, हिजोआज बालबालिका नै गर्दन तथा ढाड दुख्ने समस्या लिएर अस्पताल धाउने गरेका छन् । बालबालिकामा मेरुदण्डको समस्या देखिनुको कारणमध्ये मोबाइल तथा कम्प्युटरको लत प्रमुख हो ।

के हो ब्याकपेन 
मेरुदण्डको हड्डी, मुख्य नसा, स्पाइनल नर्भ, डिस्क, लिगामेन्ट र मांसपेशी गरी विभिन्न हड्डीले ढाड बनेको हुन्छ । यीमध्ये कुनै पनि भागमा हुने दुखाइ नै ढाड दुख्नु हो । यसका विभिन्न कारण छन्, जस्तै चोटपटकबाट मेरुदण्ड भाँच्चिनुरचिरिनु, नसा च्यापिनु, जोर्नीमा जन्मजात समस्या हुनु आदि । चोटपटक लाग्दा, बसाई नमिलेरलगायत विभिन्न कारणले हड्डीको बीचमा रहेको डिस्क बाहिर आउने गर्छ । त्यसपछाडिको भागमा गएर नसा च्यापिने हुन्छ, जसलाई सियापिका भनिन्छ । यस्तै, मेरुदण्डमा हुने विभिन्न संक्रमणका कारण पनि दुखाइ निम्तिन्छ ।

ब्याक्टेरियल संक्रमण, टिबी, ट्युमर र क्यान्सर पनि ढाड दुखाइका कारण हुन् । ढाड दुख्ने समस्यालाई मुख्यतया दुई किसिममा विभाजन गरिएको छ, मेकानिकल ब्याकपेन र पोस्चुगल ब्याकपेन । ढाड दुख्नुको मुख्य कारण गलत तरिकाले काम गर्नु वा बस्नु नै हो । शरीरको पोस्चर नमिल्दा मांसपेशी खुम्चिन्छ, जसले गर्दा दुखाइ हुने गर्छ । खासगरी बसाइ नमिल्दा र लामो समयसम्म निहुरिँदा गर्दनको मांसपेशीमा दबाब पर्छ ।

कुर्सीमा बसेर लामो समयसम्म काम गर्नेमा ढाड दुख्ने समस्या धेरै देखिन्छ । एउटै पोजिसनमा बस्दा पछाडिको मांसपेशी एकदमै थाकको हुन्छ । मोबाइल वा कम्प्युटरमा लामो समय झुन्डिरहँदा यस्तो समस्या देखिन्छ । अप्ठ्यारो गरेर बस्दा मांसपेशी दुखेर ढाडमा समस्या हुन्छ भने त्यो पोस्चुुगल ब्याकपेन हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समाधान र रोकथाम
इन्टरनेटको लत बालबालिका तथा युवापुस्तामाझ घातक सिद्ध हुँदै गइरेहको छ । उनीहरूमा मेरुदण्डमा मात्रै समस्या नभई अन्य शारीरिक तथा मानसिक असर पनि देखापर्न थालेका छन् । खासगरी, किशोर किशोरी र बालबालिकामा स्क्रिन एडिक्सनको समस्या देखिन थालेको छ । जसले गर्दा सिर्जनशीलता मर्ने, व्यवहारमा परिवर्तन आउने, जिद्धी हुने, डिप्रेसनलगायत जटिलता आउँछन् ।

त्यसैले, लामो समयसम्म मोबाइल प्रयोग गर्नुहुँदैन । बालबालिकालाई धेरैबेरसम्म मोबाइल हेर्न दिनुहुँदैन । कम्प्युटरमा काम गर्दा पोस्चर मिलाउनुपर्छ । एकोहोरो रूपमा लामो समय काम गर्नेभन्दा पनि केही समयको अन्तरमा उठेर हिँड्ने र फ्रेस हुने गर्नुपर्छ ।

ढाड दुखेमा सुरुमै उपचार गर्नुपर्र्छ । सुरुवाती चरण अर्थात् एक्युट पेनलाई सामान्य औषधि र फिजियोथेरापीबाट निको पार्न सकिन्छ । तर, निरन्तर ढाड दुखिरहने समस्या अर्थात् क्रोनिक पेनको उपचारका लागि शल्यक्रिया नै गर्नुपर्ने हुन सक्छ । क्रोनिक ब्याकपेनले अन्य स्वास्थ्य समस्या तथा मानसिक असर समेत निम्त्याउँछ । तसर्थ, ब्याकपेनको उपचार सुरुमै गर्नु राम्रो हुन्छ ।

डा. गौरव ढकाल स्पाइन सर्जन राष्ट्रिय ट्रमा सेन्टर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com