भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न अवसरमा पाएका उपहार लिलामीमा राखिएको छ । विदेश तथा स्वदेश भ्रमणका मोदीले आयोजकबाट ती उपहार पाएका थिए । लिलामीबाट आएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भारतीय एजेन्सीले जनाएका छन् । अहिलेसम्म लिलामीबाट प्रधानमन्त्री राहत कोषमा ११ करोड भारु जम्मा भएको छ ।
गत वर्ष नयाँदिल्लीको राष्ट्रिय आधुनिक कला संग्रहालयमा मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा प्राप्त उपहार सामग्री राखिएको थियो । संग्रहालयमा २७ सय ७२ वस्तु राखिएका थिए । त्यसवेला इन्टरनेटबाट र संग्रहालयमा पुगेका व्यक्तिले ती सामग्री किनेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।